Websoft University

मन्त्रीहरु कर्मचारीसँग घुस खाएर सरुवा बढुवा गर्ने काममा लागेका छन–नेता माधवकुमार नेपाल


काठमाण्डौ मंसिर ३ गते । रातो तारा डट कम,सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कर्मचारीसँग घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्री आफैं संलग्न रहेको आरोप लगाउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ नेता नेपालले यस्तो बताउनुभएको हो । 

पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले नेता, मन्त्री आफैंले घुस खाएर कर्मचारीको नियुक्ति, सरुवा र बढुवा गर्ने गरेकाले मुलुकको सबै क्षेत्र बिग्रेको दावी गर्नुभयो । कर्मचारीको नियुक्तिमा घुस, सरुवामा घुस, बढुवामा घुस लिने काममा नेता, मन्त्री आफैं संलग्न रहेकाले मुलुकको सबै क्षेत्र बिग्रीएको दाबी गर्नुभयो । 

वरिष्ठ नेता नेपालले स्थानीय तहमा करोडौंको बजेटमा लुट मच्याउने काम भईरहेको उल्लेख गर्दै कडा कार्वाही गर्न पनि सरकारसँग माग गर्नुभयो । स्थानीय तहमा कर्मचारीसँग मिलेर स्थानीय तहले लुट मच्चाईरहेकाले सरकारले उनीहरुमाथि कडा कारबाही गर्नुपर्ने वरिष्ठ नेता नेपालको भनाई छ । 

उहाँले मुलुकमा लुट मच्चाउनेको सात पुस्ते सम्पत्ति जफत नगरेसम्म मुलुकमा सुशासन हुन नसक्नेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो । वरिष्ठ नेता नेपालले स्थानीय तहले कृषि, पशुपालन र कृषकलाई अनुदान सहायता दिएर उत्पादन वृद्धिको काममा अधिक बजेट विनियोजन गर्नुपर्ने आवश्यक्ता पनि औल्याउनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.