Websoft University

भारतले एक पक्षीय नक्सा जारी ग¥यो अव सच्याउन सरकारले पहल गर्ने


काठमाण्डौ कार्तिक २४ गते । रातो तारा डट कम,परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले बलमिच्याइँ गरेर कालापानीलाई आफ्नो सिमामा राखेर एकपक्षीय नक्सा जारी गरेको बताउनुभएको छ । यसलाई सच्याउन सरकारले कूटनीतिक र राजनीतिक पहल गर्ने उहाँले बताउनुभयो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा सम्वद्ध अनेरास्ववियूले आज बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री ज्ञवालीले कृतिम धारा बनाएर सीमा बनाउन खोजिएको बताउनुभयो । हाम्रो सीमा लिम्पियाधुराको कुटीयाङ्दी नदी हो भन्ने प्रष्ट देखिन्छ, उहाँले भन्नुभयो तर अहिले एउटा सानो कृतिम धारा बनाएर त्यसलाई सीमा भन्दै आइएको छ, जसमा नेपालको विरोध रहँदै आएको छ । अहिले भारतले एकपक्षीय रुपमा महाकालीको नयाँ नक्सा जारी गर्नु बल मिच्याइँ भएको भन्दै मन्त्री ज्ञवालीले त्यसलाई हामीले अस्वीकार्य भनेको बताउनुभयो । विगतमा राजाराणाहरुले छाडे भनेर सरकार चुप नबस्ने भन्दै उहाँले नेपाली भूमि फिर्ता ल्याउन सरकारले भारतसँग कूटनीतिक र राजनीतिक पहल गर्ने धारणा राख्नुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.