Websoft University

गायिका बुनु श्रेष्ठको नयाँ गीत सार्वजनिक



काठमाण्डौ कार्तिक २४ गते । रातो तारा डट कम,बुनुको आवाजमा ‘साथ हुँदैन’ बोलेको मार्मिक गीत सार्वजनिक भएको हो ।सार्वजनिक गीतमा नरेश कुमार प्रधानको शब्द रहेको छ भने सजल न्यौपानेको संगीत रहेको छ । गीतमा संगीत संयोजन भने बि एन निराकारले गरेका छन् । युट्युबमा सार्वजनिक भएको गीतले ‘पैसा नै सबै थोक होइन भन्ने भाव बोकेको छ ।

पैसा नै सबथोक होइन र पैसाले सबथोक किन्न सकिदैन भन्ने कथा गीतले बोकेको छ । पैसाले खुशी र सुख किन्न सकिदैन भन्ने बिषयमा गीतमा देखाईएको छ । यही शब्दको कारण गीतले फरक स्वाद पस्केको छ ।

गीतको भिडियोमा बर्षा राउत, गजित बिष्ट लगायत फिचर्ड रहेका छन् । गम्भिर बिष्टले निर्देशन गरेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । सुबोल थापा सह-निर्देशक रहेको भिडियोमा नबिन निरौलाको सम्पादन रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.