Websoft University

आयुष र इनुश्रीले जिते स्कूल प्रिन्स एण्ड प्रिन्सेस्



 विराटनगर कार्तिक २४ गते । रातो तारा डट कम, मोर्डन एरा स्कूलकी इनुश्री राई र ए–वान क्वालिटी स्कूलका आयुष बास्तोलाले स्कूल प्रिन्स एण्ड प्रिन्सेस् मोरङ २०१९ को उपाधि जितेका छन् । विराटनगरमा शनिबार राती सम्पन्न भएको प्रतियोगिताको प्रिन्सेस् तर्फको इनुश्रीले र आयुषले प्रिन्सतर्फको उपाधि जितेका हुन् ।

हाउस अफ मिडिया एण्ड ईन्टरटेन्टमेट विराटनगरको आयोजना भएको उक्त प्रतियोगिताको प्रिन्सेस्तर्फको फस्ट रनरअप सेन्ट मेरी स्कूलकी सदिक्षा कोइराला तथा सेकेण्ड रनरअप पूर्वाञ्चल विद्या सदन स्कूलकी एन्जल श्रेष्ठ घोषित भइन् । त्यस्तै प्रिन्सतर्फको फस्ट रनरअपमा पूर्वाञ्चल विद्या सदनका तापस प्रधान र सेकेण्ड रनरअप जेसी बाल सदनका सुयस कर्ण घोषित भए ।

प्रतियोगिताको  विजेताले २० हजार रुपैयाँको साथै विभिन्न गिफट ह्याम्पर प्राप्त गर्नेछन् । फस्ट र सेकेण्ड रनरअपले क्रमशः १६ हजार र १२ हजार प्राप्त गरेका थिए भने विजेता, फस्ट र सेकेण्डरनरअपलाई ज्याती लाइफ इन्सुरेन्सले क्रमश ः ५ लाख, ४ लाख र ३ लाख ५० हजार बराबरको लाइफ इन्सुरेन्स प्रदान गरेको छ   । सो प्रतियोगिताको ‘अर्गनाइजर च्वाइस’ मा अपर्ण स्कूलकी दीक्षा खड्का भइन् । 

प्रतियोगिताको फाइनलमा २७ जना प्रतियोगिहरूको सहभागि रहेको म्यानेजिङ्ग डाइरेक्टर अर्जुन श्रेष्ठलेदिए । उक्त प्रतियोगिताको निर्णायकहरूमा डा. मनोजकुमार राउत, विराटनगर जेसीजका पूर्व अध्यक्ष टिपी आचार्य, मिस नेपालकी फाइनलका पुगेकी प्रतियोगि अनुपमा बास्तोला, मोडल क्षितीज पोखरेल र मिस इटहरीकी विजेता कञ्चन तिवारी रहेको आयोजक समितीका कार्यक्रम संयोजक सुमन श्रेष्ठले जानकारी गराए ।

प्रतियोगिताको कोरियाग्राफर मोनिका लिम्बुले गरेकी थिइन् । ‘सीप र संस्कारसहितको सौन्दर्य’ भन्ने मुल नाराका साथ आयोजना गरिएको यो प्रतियोगितामा कक्षा ६ देखि १० सम्म अध्ययरत विद्यार्थीहरूले भाग लिएको इभेन्ट इभेन्ट डाइरेक्टर सुशिल घिमिरेले बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.