Websoft University

दुई दिवसीय कार्यशाला बिराटनगरमा शुरु


विराटनगर कार्तिक २४ गते । रातो तारा डट कम, प्रदेश १ का सांसदको लागि संचार सीप तथा सामाजिक सञ्जालका विविध आयाम विषय दुई दिवसीय कार्यशाला शुरु भएको छ । विराटनगरमा आइतबार एक औपचारिक कार्यक्रमबीच प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले कार्यशाला उद्घाटन गर्नु भयो ।

भण्डारीले भने,‘‘बद्लिदो परिस्थितिमा संचार तथा यसको फाइदा र प्रयोगको दायरा फराकिलो भएको छ । सांसदहरुका लागि समेत यो निक्कै महत्वपूर्ण अनि आवश्यक छ ।’’ भण्डारीले सिकाइको क्रम निरन्तर चल्ने प्रक्रिया भएको पबताए ।

युएनडिपीको सहयोग इनोभेटिभ भिजनको आयोजना र संसदीय पत्रकार मञ्च प्रदेश १ को आयोजनामा भएको कार्यशालमा प्रदेश १ का १६ जना सांसद सहभागी छन् । उनीहरुलाई संचार सीप तथा यसको प्रयोगको विषयमा लक्ष्मणदत्त पन्त र रजनीश भण्डारीले सहजीकरण गरिरहेका छन् ।

उद्घाटन कार्यक्रममा प्रदेश १ नेपाल पत्रकार महासंघका अध्यक्ष विक्रम लुइँटेलले सामाजिक संजाल र मिडियाको प्रयोग राजनीतिक फिल्डमा निकै बढेको बताए । उनले समय सपेक्ष रुपमा राजनीतिकर्मीहरुले पनि आफूलाई संचार प्रयोगमा अभ्यस्त बनाउनु पर्ने सुझाव दिए । मञ्चका अध्यक्ष गणेश लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा इनोभेटिभ भिजनका अध्यक्ष कृष्णप्रसाद सिग्देलले कार्यक्रमको विषयमा जानकारी दिंदै सबै प्रदेशमा कार्यशाला आयोजना गर्ने तयारी रहेको बताए ।

कार्यक्रममा मञ्चका उपाध्यक्ष बाबुराम भण्डारीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन सचिव कुमार लुइँटेलले गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.