Websoft University

नवलपरासीका उखु किसान आन्दोलित हुदै,


काठमाण्डौ । रातो तारा डट कम,पश्चिम नवलपरासीस्थित लुम्बिनी चिनी मिल सुनवलले सरकारले निर्धारण गरेको भन्दा कम मूल्य भुक्तानी गर्न थालेपछि उखु किसान आन्दोलित भएका छन् । बन्द रहेको चिनी मिल तत्काल सञ्चालन गर्न र सरकारले तोकेकै मूल्य निर्धारण गर्न किसानले माग गरेका छन् । सरकारले आर्थिक बर्ष २०७५÷७६ मा उखुको प्रतिक्वीन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा तोकेको थियो । जसमा चिनी मिलले ४ सय ७१ रुपैयाँ २८ पैसाका दरले किसानलाई भुक्तानी गर्नुपर्नेछ भने ६५ रुपैयाँ २८ पैसाका दरले सरकारले अनुदानको रुपमा किसानलाई उपलब्ध गराउने छ ।  लुम्बिनी चिनी मिलले भने सरकारले निर्धारण गरेकोभन्दा ८६ रुपैयाँ कम अर्थात्  ३ सय ८५ रुपैयाँका दरले भुक्तानी दिन शुरु गरेपछि किसान आन्दोलित भएका किसानहरुले बताएका छन् ।  गत वर्षकै मूल्य नपाएका किसान अहिलेको उखु कसरी व्यवस्थापन गर्ने भन्ने चिन्तामा पर्न थालेका छन् ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.