Websoft University

अग्रणी सामुदायिक कृषि सहकारी सस्थाको नवौं चुनाबी साधारण सभा सम्पन्न


शिव भट्टराई,काठमाडौ कार्तिक २३ गते । रातो तारा डट कम, मोरङको सुन्दरहरैचा वाड न ४ दुलारीमा रहेको अग्रणी सामुदायिक कृषि सहकारी संस्था लि ले आफ्नो नवौं चुनाबी साधारण सभा सप्पन्न गरेको छ। 

कार्यक्रमका प्रमुख अतिथिमा जिल्ला कृषि सहकारी संघ मोरङका सचिव रविन्द्र आचार्यले विभिन्न किटनासक औसधिले माटो को उर्भर शक्ति कम हुँदै गइ कृषि मा उत्पादन कम भएर कृषक चिन्तित बन्न लागेको हुनाले  कृषि मा तालिम लिएर माटोको उर्भरा शक्ति बढाएर कृषि मा आकर्सित भै आर्गनिक खेती तर्फ लाग्न जोड दिनु भएको थियो।

त्यसैगरी कार्यक्रममा मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारी मोरङका सामाजिक विकास अधिकृत रुद्र वहादुर तामाङ विशिष्ठ अतिथि रहनु भएको थियो भने वार्ड नं ३ का वार्ड अध्यक्ष जीवन ढुंगाना, वार्ड नं ४ का शैलेन्द्र श्रेष्ठ, वार्ड नं ७ का वार्ड अध्यक्ष चैतन्य प्रसाद सिटौला लगायत जनप्रतिनिधि साथै विभिन्न सहकारी संस्थाका प्रतनिधिहरुको उपस्थिति रहेको थियो।

संस्थाले कार्यक्रममा आफ्नो जेष्ठ  सेयर सदस्य, see मा उत्कृष्ठ अंक ल्याउने शेयर सदस्यका छोराछोरी , उत्कृष्ठ बचत कर्ता, व्यवसायि सेयर सदस्य साथै पत्रकारिताको माध्यमबाट संस्थालाई सहयोग गरेकोमा रातो तारा डट कम का पत्रकार शिव भट्टराईलाई सम्मान गरिएको थियो।

कार्यक्रममा संस्थाले आजै निर्वाचन समितिका संयोजक रविन्द्र कृष्ण श्रेष्ठ, सदस्यहरु रुद्र प्रसाद दुलाल, वाणी गुरागाईं सहित ३ सदसीय निर्वाचन समितिले नयाँ कार्य समिति चयन गरेको थियो।शनिबार चयन भएको कार्य समितिमा अध्यक्षमा शोभितमान पौडेल, सचिवमा अम्बिका दाहाल, कोशाध्यक्षमा टीकाराम दाहाल यस्तै सदस्यहरुमा भावना भट्टराई ,पवित्रा राई, विमला अधिकारी, डोमा चौधरी, खुशिलाल चौधरी, उमाकान्त गौतम, गोविन्द श्रेष्ठ चयन भएका थिए यस्तै लेखा समितिमा संयोजक यज्ञ प्रसाद ओझा र सदस्यमा जीवन कृष्ण दाहाल र सर्मिला दाहाल चयन भएका थिए ।

सुन्दरहरैचा ३ मा रहेको लक्ष्मीनारायण मन्दिरको प्राङ्गणमा भएको कार्यक्रममा सस्थाका अध्यक्ष सोभितमान पौडेलको सभापतित्व रहेको थियो ।

कार्यक्रम को सञ्चालन संस्थाका सचिव मोहन ढकालले गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.