Websoft University

मरुवा र गँबारोले धान उत्पादनमा ह्रास आउने


काठमाण्डौ । रातो तारा डट कम,मौसमको प्रतिकुलता र रोगव्याधीको असरले पर्वत र बागलुङमा यो वर्ष ५ प्रतिशतले धान उत्पादन घट्ने अनुमान गरिएको छ । रोपाइँको समयमा प्रशस्त वर्षा नहुनाले खेतमा सिँचाइ नहुनु तथा कतिपय ठाउँको खेत पानीकै अभावले बाँझै रहनु, ‘हाइब्रिड’ जातका धानहरूमा कालोपोको नामक ढुसी र नेक ब्लास्ट रोगको प्रकोप देखिनु तथा फूल खेल्ने बेलामा आवश्यकता भन्दा बढी पानी पर्नु, डढुवा, मरुवा र गँबारोले उत्पादनमा ह्रास आउने तथ्यांक संकलन गरिएको कृषि ज्ञान केन्द्र पर्वतका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिनुभयो । हाइब्रिड जातका बीउ यहाँको लागि सिफारिस गरिएको छैन । यहाँका वातावरणमा त्यो धान उपयुक्त नहुँदा नहुँदै किसानको घमन्डले उहाँहरूलाई नै असर गरेको रेग्मीले बताउनुभयो । कार्यालयको तथ्यांक अनुसार गत वर्ष पर्वत जिल्लाको सरदर उत्पादकत्व २.९ मेट्रिक टन प्रति हेक्टर रहेको थियो भने बागलुङमा ३.१ रहेको थियो । यस अनुसार पर्वतमा गत वर्ष २६ हजार ३ सय ३ मेट्रिक टन धान फलेकोमा बागलुङमा १८ हजार ५ सय १९ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष ५ प्रतिशतले कमी आएमा पर्वतमा यस वर्ष २४ हजार ९ सय ८७ मेट्रिक टन र बागलुङमा १७ हजार ५ सय ४३ मेट्रिक टन धान उत्पादन हुने छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.