Websoft University

बढी भाडा लिएर ठगी गरेको आरोपमा प्रहरीले तीन जना यातायात व्यावसायीलाइ पक्राउ गर्यो


श्याम राई उदयपुर गाइघाट असोज २७ गते । रातो तारा डट कम,यात्रुसग बढी भाडा लिएर ठगी गरेको आरोपमा प्रहरीले तीन जना यातायात व्यावसायीलाइ आइतबार पक्राउ गरेको छ । सरकारले तोकेको भन्दा बढी रकम यात्रुबाट लिने रौतामाइ यातायातका बिमल बस्नेत पूर्वि नेपालका बाबुराम राइ र फीफा यातायातका कर्मचारी राजु थापालाइ पक्राउ गरीएको प्रहरीले जनाएको छ । 

गाइघाट काठमाडौ चल्ने सवारी साधनले प्रती व्यक्ती ८ सय ८० रुपैया मात्र लिन पाउनेमा प्रती १ हजार देखी १ हजार ३सय रुपैयासम्म यात्रु बाट लिएको ट्राफिक प्रहरी इन्चार्ज राइ दिनेश कुमार चौधरीले बताए । त्यसैगरी तोकीएको कभन्दा बढी भाडा असुल्ने वा ५ ख ५७४८ , वा ४ ख, ४१४८, वा ४ख १९२६ र वा २ ख ९१८८ नम्बर को बस लाई कार्यवाही गरीएको छ । 

ती बसका कर्मचारीह?ले ९७ जना यात्रुबाट १४ हजार ६ सय बढी रुपैया उठाएको पाइएकोले उक्त रकम सम्बन्धित यात्रुहरुलाई फिर्ता गरीएको ट्राफिक इन्चार्ज चौधरीले बताए । दशै तिहारको मौका छोपी यातायात व्यावसायी ले सर्वसाधारण यात्रुहरुबाट बढी रकम अशुल गरीरहेको गुनासो आएपछी ट्राफिक प्रहरीले तीन दिन देखी गाईघाट, मुर्कुची, बेलटार, विपीमार्ग हुदै काठमाडौ चल्ने सवारी साधनहरुमा चेकजाच गर्दै आएको उनले बदमासी गर्ने तीन जना व्यावसायी र कर्मचारी माथी कार्यवाही को लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखीएको बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.