Websoft University

खोक्सि कृषि सहकारी सस्था लि को छैठौ चुनाबी साधारण सभा सम्पन्न।


शिव भट्टराई, मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैचा वाड न ५  मा रहेको खोक्सि कृषि सहकारी संस्था लि ले आफ्नो छैठौ चुनाबी साधारण सभा सप्पन्न गरेको छ।

कार्यक्रमका  प्रमुख अतिथिमा जिल्ला  कृषि सहकारी संघ मोरङका अध्यक्ष   खगेन्द्र राज भण्डारी रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी खगेन्द्र राज भन्डारीले  विभिन्न किटनासक औसधि ले माटो को उर्भर शक्ति कम हुँदै गइ कृषि मा उत्पादन कम भएर कृषक चिन्तित बन्न लागेको हुनाले  कृषि मा तालिम लिएर माटो को उर्भरा शक्ति बडाएर कृषि मा आकर्सित भै आर्गनिक खेती तर्फ लाग्न जोड दिनु भएको थियो।

 त्यसैगरी विशिष्ट अतिथिमा जग्गा दाता बदनलाल चौधरी र अतिथि हरु मा साना किसान कृषि सहकारी सुन्दरपुर का अध्यक्ष  रबिन्द्र आचर्य , बिक्लप कृषि सहकारी सस्था का अध्यक्ष  लिलानाथ दाहाल , सकारात्मक कृषि सहकारी सस्था का अध्यक्ष चक्र बा गुरुङ  लागायत  बुदिजिबि र समाजसेवीको उपस्थिती रहेको  थियो ।

सुन्दरहरैचा ५ मा रहेको जनसेवा आधारभुत बिधालयको प्राङ्गणमा भएको कार्यक्रम मा सस्थाका अध्यक्ष  प्रेम कुमार चौधरी को अध्यक्षता रहेको थियो ।

संस्थाले कार्यक्रममा आफ्नो सेयर सदस्य परिवार मध्ये जेष्ठ नागरिक महिला , पुरुष सम्मान  , उत्कृष्ट बिद्यार्थीलाइ प्रोत्साहन सहित पुरस्कार त्यस्तै  उत्कृष्ट बचत कर्ता , असल ऋणी लाई पुरस्कार गरि विभिन्न बिधामा पुरस्कार तथा कदर पत्र प्रदान गरेको थियो।

संस्थाले आजै नयाँ कार्य समिती को समेत चयन गरेको थियो। प्रेम कुमार चौधरीको अध्यक्षतामा  ९ सदस्य समिती सर्बसमत चयन भएको नया कार्यसमितीमा अध्यक्षमा प्रेम कुमार चौधरी उपाध्यक्ष मा युबराज सिग्देल , सचिब मा महेश चौधरी , सह सचिब मा सरोजा कुमारी चौधरी , कोशाध्यक्ष मा मिना कुमारी साह यस्तै सदस्यहरुमा सेछीलाल चैधरी , अनिता चौधरी , चन्द्रकला चौधरी , प्रमिला चौधरी  चयन हुनु भएको थियो ।यस्तै लेखा समितीमा सम्योजक - भबन लाल चौधरी सदस्यहरुमा पबित्रा गैतम र सरिता चौधरी चयन हुनु भएको थियो भने कार्यक्रम को सञ्चालन संस्थाका सचिव महेश चौधरीले गर्नु भएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.