काठमाण्डौ असोज २८ गते । रातो तारा डट कम,सन् २०२२ मा कतारमा हुने विश्वकप छनोटको दोस्रो चरणमा दुवै टिमले आज जोर्डन र नेपाल विच प्रतिस्पर्धा गर्नेछन । नेपाली टोलीले पहिलो खेल जोर्डनकै घरेलु मैदानमा खेल्दैछ । मैदानमा उत्रदै गर्दा नेपालले ८ वर्षअघि जोर्डनसंग व्यहोरेको ९–०को नतिजालाई कम्तिमा सुधार गर्ने आसा पनि लिएकोछ ।
जोर्डनको अम्मान अन्तराष्ट्रिय रंगशालामा उत्रदै गर्दा दुवै टिम दोस्रो जितको खोजीमा हुनेछन् । फिफा बरियतामा नेपाल भन्दा ६३ स्थानमाथि रहेको जोर्डनले घरेलु मैदानमा नेपाललाई दबाबमा राख्ने प्रयास गर्ने
छ । एसियाली छनोटको समुह डीमा रहेको जोर्डनले दुई खेलबाट ४ अंक जोड्दै तेस्रो स्थानमा पुगेको छ ।
उसले पहिलो खेलमा चाईनिज ताईपेलाई २–१ ले हराएको थियो । दोस्रो खेलमा कुवेतसंग १–१ गोलको बराबरी खेलेको थियो । यता, नेपालले पहिलो खेलमा कुवेतसँग ७–० को लज्जास्पद हार ब्यहोरेको थियो । दोस्रो खेलमा भने चाईनिज ताईपेलाई २–० ले हराएको थियो । दुवै गोल अन्जन विष्टले गरेका थिए ।
गत सातामात्र अष्ट्रेलियामा भएको खेलमा नेपाल ५–० ले पराजित रह्यो । नेपालले तीन खेलबाट ३ अंक जोड्दै तालिकाको पुछारदेखि दोस्रोमा छ । अष्ट्रेलियाको दुई खेलबाट ६ अंक सहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको कुवेतको तीन खेलबाट ४ अंक र अंक विहिन ताईपे तालिकाको पुछारमा रहेको छ ।
Post a Comment