Websoft University

मन्त्री बास्कोटाले पाँचखाल महोत्सवको गरे उद्घाटन


काठमाण्डौ असोज ३० गते । रातो तारा डट कम,सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी चार वर्षभित्रमा प्रत्यक्ष रुपमा विकासको नमुना देख्न सकिने बताउनुभयो छ । 

काभ्रेको पाँचखालमा पाँचखाल युनाईटेड फुटबल एशोसिएशनले आयोजना गरेको दोस्रो पाँचखाल महोत्सवको वडा नं.४ स्थित पाँचखाल खेल मैदानमा उद्घाटन गर्दै उहाँले सरकारले विकासका हरेक क्षेत्रमा आफ्ना कामहरु अगाडी बढाएको उल्लेख गर्दै अबको दूई चार वर्षभित्रमा आम नागरिकले देखिने गरी विकास भएको अनूभूती गर्न पाउने बताउनुभयो । 

काभ्रे जिल्लामा क्रमशः औद्योगिक क्षेत्र र कृषि क्षेत्रको विकास हुन थालेको उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय कनेक्टीभिटीको हिसाबले पनि सो क्षेत्र महत्वपूर्ण नाका रहेको बताँउदै मन्त्री बाँस्कोटाले पाँचखाल क्षेत्रको विकासमा महोत्सवले थप सम्भावनाको भूमिका खेल्ने बताउनुभयो । महोत्सव आगामि कार्तिक ९ गतेसम्म चल्नेछ ।  





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.