Websoft University

राष्ट्रिय महिला भलिबल टिम थाईल्याण्ड प्रस्थान



काठमाण्डौ असोज ३० गते । रातो तारा डट कम,अन्तर्राष्ट्रिय प्रशिक्षण तथा अभ्यास खेलका लागि राष्ट्रिय महिला भलिबल टिम थाईल्याण्ड तर्फ हिजो प्रस्थान भएका छन । दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग तथा बंगलादेशमा हुने एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिता खेल्ने तयारीमा रहेको महिला भलिबल टिम आज थाईल्याण्ड प्रस्थान गरेको हो । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग सहकार्य गरेर नेपाल भलिबल संघले खेलाडीलाई बैदेशिक प्रशिक्षण तथा अभ्यास खेलको अवसर जुटाएको हो । १८ खेलाडी सहितको नेपाली टिम थाईल्याण्ड गएको हो । मुख्य प्रशिक्षक जगदिश भट्टका अनुसार थाईल्याण्ड पुगेपछि मात्र नेपालले खेल्ने टिम र खेल संख्याको टुङ्गो लाग्ने बताउनुभयो । 

थाईल्याण्डको प्रशिक्षण लगत्तै नेपालले कात्तिक २२ देखि २७ गतेसम्म बंगलादेशमा एभिसी महिला सेन्ट्रल जोन भलिबल खेल्नेछ । लगत्तै मंसिर १५ देखि २५ गतेसम्म घरेलु भूमीमा सागमा प्रतिस्पर्धा गर्नेछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.