Websoft University

फुटबलको विश्वकपमा नेपाली टिमले अष्ट्रेलिया संग आज प्रतिस्पधा गर्ने


काठमाण्डौ असोज २३ गते । रातो तारा डट कम,विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा नेपालको राष्ट्रिय फुटबल टिमले आज अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । अष्ट्रेलियाको जियो स्टेडियम क्यानबेरामा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ । विश्वकप फुटबलमा लगातार सहभागीता जनाउँदै आएको अष्ट्रेलियासँग नेपाली फुटबल टिमले छनोटको तेस्रो खेल खेल्न लागेको हो । अष्ट्रेलिया वरियताको ४४ औं स्थानमा छ भने नेपाल १ सय ६१ आंै स्थानमा छ । युरोपेली क्लब फुटबलका शीर्ष डिभिजनको लिगमा अभ्यस्त खेलाडी सहित मैदान उत्रन लागेको घरेलु टोली अष्ट्रेलिया नेपालमाथि धेरै गोल गर्ने लक्ष्य सहित मैदान उत्रने छ । छनोटको तयारीका लागि नेपाली टिम हप्ता दिन अघिनै सिड्नी पुगेको थियो । यसअघि नेपालले कुवेत र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गरेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.