Websoft University

टेम्पु टुर्घटनामा १ जनाको मृत्यु ४ घाईते


भोजपुर, असोज-२३  गते । भोजपुरको हतुवागढी गाँउपालिका- ५ होम्ताङ स्थित भित्री सडक खण्डमा टेम्पु टुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । आज दिउँसो १ बजेको समयमा घोरेटार वाट होम्ताङ तर्फ जाँदै गरेको को २ ह ७६८६ नम्बरको टेम्पु आफै अनियन्त्रित भई सडक देखि अंदाजी ६० मिटर तल खसेको थियो । घटना बारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय घोरेटारबाट प्रहरीको टोली खटि दुर्घटनामा परेर घाईते हुने भोजपुरको हतुवागढी गाँउपालिका- ४ खैराङ वस्ने मिलन राईको ८ वर्षिय छोरी गुराँस राई निजकै ४ बर्षिय छोरी रितु राई, डम्वर वहादुर राईको २१ वर्षिय छोरी रिका राई,सोही गाउँपालिका-१ सल्ले वस्ने धन वहादुर राईको १२ वर्षिय छोरा अनिम राई र टेम्पो चालक सोहि गाउँपालिका- ४ खैराङ वस्ने व्रिजमान राईको छोरा वर्ष २४ को विजय राई घाईते भई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारमा लगेकोमा उपचारको क्रममा गुराँस राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.