काठमाण्डौ असोज २४ गते । रातो तारा डट कम,आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा साढे ४ लाख मतदाता हुने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावलीअनुसार उपनिर्वाचनमा ४ लाख ५४ हजार १ सय १४ मतदाता हुनेछन् । २ लाख ३३ हजार ४ सय २ महिला र २ लाख २० हजार ७ सय १० जना पुरुष छन् । २ जना समलिङ्गी तेस्रोलिङ्गी मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन हुने कास्की क्षेत्र नम्बर २ मा ७१ हजार ८ सय ७१ मतदाता पुगेका छन् । प्रदेशसभा सदस्य पदको उपनिर्वाचन हुने भक्तपुरको निर्वाचन क्षेत्रमा ४५ हजार १५, बाग्लुङको निर्वाचन क्षेत्रमा ३६ हजार ९ सय २२६ र दाङको निर्वाचन क्षेत्रमा ७३ हजार १ सय ७२ मतदाता रहेको आयोगका प्रवक्ता गिरिजा शर्माले सीआईएनसँग बताउनुभयो । मंसिर १४ गते प्रतिनिधिसभाको १, प्रदेशसभाको ३, नगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउाँलिका उपाध्यक्ष १ र गाउँपालिका तथा नगरपालिकाका वडाअध्यक्ष ४३ गरी कुल ५२ पदमा निर्वाचन हुनेछ ।
Post a Comment