काठमाण्डौ असोज २४ गते । रातो तारा डट कम, विजयादशमी मनाएर उपत्यका फर्कने यात्रुहरुको सङ्ख्या दैनिक बढ्न थालेको छ । दशैँमा आफ्नो घरपरिवार र मान्यजनबाट टीका लगाएर आफ्नो कर्मथलो भित्रिने यात्रुको सङ्ख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार टीकाको भोलिपल्टै देखि उपत्यकामा भित्रिने सवारी साधन र यात्रुहरुको चाप बढेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सबैभन्दा धेरै यात्रु भक्तपुरको जगाती नाका हुँदै उपत्यका भित्रिएका छन् । अहिले उपत्यकाबाट बाहिरीने यात्रुभन्दा उपत्यका भित्रिने यात्रुको संख्या बढी रहेको प्रहरीले जनाएको छ ।
Post a Comment