Websoft University

रारामा आन्तरिक पर्यटकको घुईचो


काठमाण्डौ कार्तिक २ गते । रातो तारा डट कम,बर्षनी यो समय रारा घुम्नका लागि उपयुक्त मौंसम मानिन्छ । अहिले रारामा घुम्न आउने आन्तरिक पर्यटकको घुईचो छ । यो समयमा दैनिक पाँच सय देखि एक हजारसम्म आन्तरिक पर्यटक रारा पुग्ने गरेका छन् ।  

बाह्य पर्यटक भन्दा रारा आन्तिरिक पर्यटकको चाप बढ्दोक्रममा छ । रारा एक पटक पुग्नै पर्छ भन्ने मान्यता आन्तिरक पर्यटकलाई भएपनी रारामा भने जस्तो सेवासुविधा नहुदाँ पर्यटक समस्यामा छन । रारामा पर्यटक बढे्संगै  बास बस्न र खानको समस्या देखाउदै रारामा एक डेढ घण्टा रमाउने र बास बस्न जुम्लाको भुलभुले, गोठिज्युला तिर फर्कने गरेका छन । रारा भित्र दुई होटेल मात्र छन  एक होमेस्टे छ । 

यिनै होटल,होमस्टेमा एक पटकमा मुस्किलले तिन सय जनाले बास बस्न सक्छन । तर नजिकै रहेको मुर्मा गाउँ, माझघट्ट, सल्लेरीमा होटेल भए पनि व्यवस्थित नहुँदा स्थानीयवासीले आम्दानी लिन नसेकेका रारा पर्यटन विकास समितिका अध्यक्ष देवीकृष्ण रोकायाले बताउनुभयो । 

उहाँका अनुसार रारा आउने पर्यटकले चाहे जस्तो मनोरञ्जन पनि लिन सकेका छैनन । दशैं र तिहारको विदा, फुर्सद मिलाएर राराताल आउने पर्यटक फर्किदा केहि खल्लो महशुस गरेर फर्किने गरेका अध्यक्ष रोकायाको भनाई छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.