Websoft University

महानगर भित्र २२ हजार बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाइदै,


बिराटनगर कार्तिक २ गते । रातो तारा डट कम,आज र भोलि बालबालिकाहरुलाई भिटामिन र जुकाको औषधि खुवाउने दिन । बिराटनगर महानगरपालिका वडा नम्वर ५ को कोचाखालमा आज १ नम्वर प्रदेशका सामाजिक बिकास मन्त्री माननीय जीवन घिमिरेले भिटामिन ए र जुकाको औषधि बालबालिकाहरुलाई खुवाएर सुरुवात गर्नु भएकोछ ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री घिमिरेल बालबालिका हरुका बारेमा चर्चा गर्नु हुदै रोग नियान्त्रण भन्दा पनि रोग लाग्न नदिने तर्फ कार्यक्रम मन्त्रालयले ल्याउन लागेको भन्दै आज नभ्याउने अभिभावकहरुले भोलि आफना नानीहरुलाई तोकिएको केन्द्रमा लगेर औषधि नखुवाउन आग्रह गर्नु भयो ।

वडा नम्वर ५ को शहरी स्वास्थ्य चौकीमा भएको कार्यक्रममा जिल्ला जिल्ला जनस्वास्थ्य महाशाखाका शाखा प्रमुख ज्ञान बहादुर बस्नेतले मोरङ जिल्ला भरी १ लाख ९ हजार बालबालिकाहरुलाई भिटामिन ए र ९६ हजार बालबालिकाहरुलाई जुकाको औषधि आज कार्तिक २ र ३ गते खुवाइने कार्यक्रम रहेको जानकारी गराउनु भयो ।

त्यसैगरी बिराटनगरमा मात्र महानगरभित्र २२ हजार बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि आज र भोलि खुवाइदैछ भन्नु भयो । यो कार्यक्रम सघिया सरकारको स्वास्थ्य तथा जनसख्य मन्त्रालय अन्तरगत सन्चालन भइरहेको समेत बस्नेतले जानकारी गराउनु भएको थियो ।

कार्यक्रम वडा नम्वर ५ का वडा अध्याक्ष भिम आचार्यले अध्याक्षतामा भएको थियो । स्वयम सेविका रमा आचार्य रिजाल र गंगा अधिकारीले रहेका र उनिहरुले दिएको जानकारी अनुसार एक केन्द्रमा २ जनाका दर स्वायम सेविहरुरहेको बताएका छन ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.