Websoft University

चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण भव्यताका साथ सम्पन्न


काठमाण्डौ असोज २८ गते । रातो तारा डट कम,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको समीक्षा गरेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले सी भ्रमणको समीक्षा बैठक गर्नुभएको हो । सी भ्रमणको थप समीक्षा र पार्टी एकता लगायतका कामको टुंगो लगाउन सचिवालय बैठक बोलाउनेबारे पनि दुवैबीच छलफल भएको कुरा जनाइएको छ । सचिवालय बैठक बस्ने मिति भने निश्चित भइसकेको छैन । ओली र दाहालले हिजो बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राष्ट्रपति सीले गरेको नेपालको राजकीय भ्रमणको समीक्षा गर्नुभएको जनाइएकोछ । चीनबाट राष्ट्रपतिस्तरमा २३ वर्षपछि भएको भ्रमण भव्य भएको कुरा जनाइएकोछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.