Websoft University

चाडपर्वमा उपभोक्ता ठगी गर्ने व्यवसायीलाइ बिभागले २४ लाख ४७ हजार रुपैयाँ जरिवाना गर्यो


काठमाण्डौ असोज २८ गते । रातो तारा डट कम,चाडपर्वमा उपभोक्तामाथि ठगी गर्ने १ सय ७४ व्यावसायीलाई वाणिज्य विभागले कारबाही गरेको छ । नयाँ आर्थिक वर्ष सुरु भएपछि मात्रै जरीवाना वापत विभागले कारबाही गर्दै २४ लाख ४७ हजार रुपैयाँ जरिवाना सङ्कलन गरेको विभागले जानकारी गराएकोछ । विभागले दिएको जानकारी अनुसार साउनदेखि असोज २३ गतेसम्म ४ सय १ वटा व्यवसायमा अनुगमन गरेको थियो । जसमध्ये १ सय ७४ पसललाई जरिवाना, ४५ पसललाई सिलबन्दी तथा रोक्का, ९ वटा पसलबाट नमूना सङ्कलन गरिएको छ । यस्तै २ सय २२ वटालाई स्पष्टीकरण सोधिएको तथा २ वटा व्यवसायमाथी कालो बजारी अभियोगमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आफू ठगिएको सूचना दिन उपभोक्ता गुनासो कक्षा सञ्चालनमा ल्याउने  समेत आफनो सूचनामा जनाएको
छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.