श्याम राइ गाइघाट असोज ३० गते । किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बुधबार एक यूवकलाई पक्राउ गरेको छ । स्थानिय एक १५ वर्षिय किशोरीलाइ फकाई फुलाई घर नजिकैको धान खेतमा लगेर जबरजस्ती बलत्कार गरेको अभियोगमा त्रियुगा नगरपालीका –८ का २५ वर्षिया सत्य सदा पक्राउ परेको प्रहरीले जनाएको छ । घटनापछि किशोरीले आमालाई जानकारी दिए लगत्तै पिडित पक्षले जिल्ला प्रहरी कार्यालयमा बुधबार उजुरी दिएका थिए । प्रहरीले उजुरीको आधारमा सदालाई पक्राउ गरेको एस्पि बीर बहादुर मगरले बताए । त्यसैगरी प्रहरीले दूइ फरार अभियूक्त लाई पक्राउ गरेको छ । ठगी केशमा फरार रहेको बारा जिल्ला निजगढ बस्ने ५१ वर्षिय कृष्ण बहादुर लामा र सार्वजनिक मुद्धामा सजाय पाएका त्रियुगा नगरपालिका –१२ का १८ वर्षिय इस्लाम मिया पक्राउ परेको प्रहरीले जनाएको छ ।
Post a Comment