Websoft University

एनआरएनएको मतदान अहिले बिहान १० बजेबाट सुरु हुने


काठमाण्डौ असोज ३० गते । रातो तारा डट कम,गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन आज बिहान १० बजेबाट हुने भएको छ । बुधबार राति स्थगित भएको पदाधिकारीहरुको निर्वाचन आज बिहान १० बजेदेखि हुन लागेको जानकारी गराइएकोछ । 

एनआरएनएका केन्द्रीय पदाधिकारीका लागि बुधबार राति ७ बजेदेखि मतदान गर्ने भनिएको थियो। विश्वभरिबाट काठमाडौंको ह्यात होटलमा भेला भएका प्रतिनिधिहरु मतदानका लागि लाइनमा बसिसकेपछि राति मतदान स्थगनको घोषणा गरिएको थियो । 

विद्युतीय मतदान गर्ने भोटिङ मेसिन बिग्रिएकाले मतदान स्थगित गरिएको आयोजकहरुले बताए पनि आन्तरिक विवादका कारण भोटिङ रोकिएको जानकारहरुले बताएका छन । हिजो मतदान स्थगित भएपछि सम्मेलन लम्बिएको छ । सम्मेलनमा विधानविपरीत प्रतिनिधिहरुको घुसपैठ भएको भन्दै एक पक्षले उजुरी दिएका कारण मतदान रोकिएको असन्तुष्ट पक्षको भनाइरहेको छ । 

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको एनआरएनएको नवौं विश्व सम्मेलन आजसम्म चल्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने कार्यक्रमरहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.