Websoft University

समान हक र अधिकार स्थापित हुनुपर्दछःकर्ण



विराटनगर, कार्तिक ७ गते । रातो तारा डट कम,संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य सदस्य कर्णले संविधान संशोधन गराएर सवै समुदायको समान हक र अधिकार स्थापीत गर्नुपर्नेमा जोड दिए । संघिय समाजवादी फोरम नेपाल भद्रपुर नगर कमिटिको भद्रपुरमा भएको भेलामा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले मुलुकमा संघीय गणतन्त्र संस्थागत गर्न पार्टी समाजवादी पार्टी मात्र भएकाले सवै उत्पीडन र असमान्ता अन्त नभएर सम्म निरन्तरण संघर्ष गर्ने बताए । ठुलो शक्ति समाजवादी पार्टी बन्ने भएकाले जनताको हरेक समस्यालाई आफ्नो समस्या बुझेर सहयोग गर्न कार्यकर्ताह?लाई उनले निर्देशन दिए ।

भद्रपुरको अध्यक्षमा चौधरी पार्टीको केन्द्रीय सदस्य तेजलाल कर्णको प्रमुख अतिथिमा भद्रपुरमा भएको भेलाबाट संघिय समाजवादी पार्टी नेपाल भद्रपुर नगर समितिको अध्यक्षमा शत्रुधन चौधरी निर्वाचित भएका छन् . समितिको उपाध्यक्षमा चार जना रहेका छन् । उपाध्यक्षहरूमा सुमद कामती, सरस्वती कुन्दवा, दिपेश रणपहैली रहेका छन् ।

सचिवमा डुकपा राई, सहसचिबमा पिङ्गकी मण्डल र कोषाध्यक्षमा विकास गुप्ता रहेकाछन् ।
समितिका अन्य सदस्यहरूमा राजेश गुप्ता , राकेश राजवंशी, अजय कर्ण, अमेश चौधरी
लकर सहनी, लक्ष्मण महतो लगायतका रहेका छन् ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य पृथ्वी नारायण कार्की र झापा जिल्ला
अध्यक्ष दिपेन वाला राई लगायतकाले शुभकामना दिएका थिए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.