Websoft University

उपकुलपतिका लागि डाक्टर भगवान कोइराला सहित तीन जनाको नाम सिफारिश


बिराटनगर असोज १८ गते । रातो तारा डट कम,त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि डाक्टर भगवान कोइराला सहित तीन जनाको नाम सिफारिश गरिएको छ । त्रिभुवन विश्वविद्यालयको १९ औं उपकुलपति चयन गर्नका लागि गठित सिफारिश समितिले पहिलो नम्बरमै डाक्टर भगवान कोइरालाको नाम सिफारिश गरेको हो । दोस्रो नम्बरमा डाक्टर धर्मकान्त बास्कोटा र तेस्रोमा चन्द्रमणी पौडेलको नाम सिफारिश गरेको छ । समितिले हाल निमित्त उपकुलपति रहनुभएका प्राध्यापक डाक्टर सुधा त्रिपाठीको नाम भने सिफारिस गरेको छैन । वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर कोइराला त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा कार्यकारी निर्देशक रहेर काम गरिसक्नुभएको छ भने डाक्टर बाँस्कोटाले नेपाल मेडिकल काउन्सिलको अध्यक्षबाट हालै अवकाश पाउनुभएको हो । डाक्टर पौडेल त्रिविका पूर्वरजिष्ट्रार हुनुहुन्छ । तत्कालिन उपकुलपति डाक्टर तीर्थ खनियाको कार्यकाल सकिनुअघि नै सरकारले नयाँ उपकुलपतिका लागि नाम सिफारिस गर्न सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेलको नेतृत्वमा साउन २० मा समिति गठन गरेको थियो ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.