Websoft University

बाजुराको स्याउ पहिलो पटक काठमाण्डौ आइपुग्यो


काठमाण्डौ असोज १४ गते । रातो तारा डट कम,बाजुराको अर्गानिक स्याउ पहिलो पटक राजधानी काठमाण्डौं पु¥याइएको छ । सामुदायिक विउ बैङक तथा खाद्य उपभोक्ता कृषि सहकारी संस्था बाजुराले गत बुधवार बाजुराको पिलुचौरबाट लगेको स्याउ आज राजधानी पु¥याएको संस्थाका  सचिव सतल विकले बताउनुभयो । 

यस अघि बजार अभावमा बारीमै कुहिने स्याउ पहिलो पटक बजारीकरण हुन थालेको हो । सहकारी संस्थाले राजधानीमा रहेको गोल्यान कम्पनीले माग गरे अनुसार स्याउ पु¥याइएको जनाएको छ । कृषि सहकारी संस्थाका सचिव विकले काठमाण्डौंको गोल्यान  कम्पनीले १४ टन स्याउ माग गरेको र हाल ७  टन स्याउ पु¥याइएको बताउनुभएको छ । 

कृषि ज्ञान केन्द्र बाजुराले बाजुरामा उत्पादन भै रहेको स्याउलाई बजार सम्म पु¥याउनका लागि बगैंचादेखि बाटो पुगेको ठाउँ सम्मको ढुवानीमा अनुदान  र स्याउ प्याकिङका लागि काटुन समेत उपलब्ध गराए  पछि अहिले बाजुराको स्याउ देशका मुख्य शहरमा पुग्न थालेको हो । 
कृषि सहकारी संस्थाहरुले धनगढी, नेपालगंज लगायतका बजारमा पु¥याएका छन । तर बाजुरा देखि शहर सम्म पुग्नका लागि बाटोको समस्याका साथै कर्णाली राजमार्ग जोड्न कर्णाली नदीमा पुल नहुदा ढुवानीमा केहि समय लागेको र अप्ठेरो भएको उनीहरुले बताएका छन । 

कालिकोटको जितेगडामा पुल नहुदा सवै स्याउ श्रमिकबाट ढुवानी गर्नु परेको होे । हाल बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका फलेका सो स्याउ सहकारी संस्थाले राजधानी पु¥याएको जनाएको छ । जिल्लाका स्वामीकार्तिक, जगन्नाथ, हिमाली, गौमुल गाउँपालिका र बुढीनन्दा नगरपालिकामा स्याउ उत्पादन हुने गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.