Websoft University

प्याब्सन लोक नृत्यको उपाधि सिद्धार्थ र बालप्रतिभालाई


विराटनगर, भदौ २९ गते । रातो तारा डट कम, प्याब्सन जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि मोरङको सुन्दरहरैचा नगरपालिकास्थित दुई वटा स्कूलले जितेको छ । आधारभूततर्फ सुन्दरहरैचामा रहेको बालप्रतिभा र मावितर्फ सिद्धार्थ बोर्डिङ स्कूलले लोकनृत्य प्रतियोगिताको उपाधि जितेको हो ।

विराटनगरमा शनिबार राती सम्पन्न भएको उक्त प्रतियोगितामा सिद्धार्थले जिल्लाभरीको ३० वटा र बालप्रतिभाले २८ वटा विद्यालयलाई पछि पार्दै उपाधि जितेको हो । प्याब्सन मोरङले आयोजना गरेको आधरभूतर्फको लोक नृत्य प्रतियोगिताको द्धितीय बेलबारीस्थित आर्दश सेकेण्डरी बोर्डिङ स्कूल र तृतीय पनि बेलबारीकै शिक्षा सन्देश स्कूल भएको छ । सान्तवना पुरस्कार दुई वटा विद्यालयलाई दिइएको प्याब्सन मोरङका सचिब प्रेमलालसिंह सुवालले जानकारी दिए । 

उनका अनुसार सान्तवना पुरस्कार पाउने सुन्दरहरैचा नगरपालिका स्थित ज्ञानज्योती बोर्डिङ स्कूल र मिक्लाजुङ्ग गाउँपालिको मधुमल्लास्थित रिलायन्स सेकेण्डरी बोर्डिङ स्कूल भयो । यस्तै मावितर्फको द्धितीय सुन्दरहरैचा नपाको पूर्वाञ्चल सेकेण्डरी बोर्डिङ स्कूल र तृतीय बेलबारीको आर्दश सेकेण्डरी बोर्डिङ स्कूल भयो । आर्दश स्कूल आधरभूतर्फ पनि द्धितीय  हुन सफल भएको छ । मावितर्फको सान्तवना पुरस्कार रङ्गेलीस्थित मिनिल्याण्ड सेकेण्डरी बोर्डिङ स्कूलल र सुन्दरहरैचास्थित मोडल स्कूल
भयो ।

सोही दिन सम्पन्न भएको प्याब्सन एकल गायनतर्फको प्रथम विराटनगरस्थित मोर्डन एरा स्कूलकी विद्या गिरी भइन् । उनले ९ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै प्याब्सन एकल गायनको उपाधि जितेकी हुन् । उक्त प्रतियोगिताको द्धितीय मिनील्याण्ड बोर्डिगं स्कूलका विवेक साह भए भने तृतीय सिद्धार्थ स्कूल सुन्दरहैचाका रितेस तिम्सिना घोषित भए । एकल गायनतर्फको सान्तवना पुरस्कार विराटनगरस्थित एभरेष्ट स्कूलकी सिरिष्मा काफ्ले र लब्ली एन्जल स्कूलका राजकुमार विक भए । शुक्रबार सम्पन्न भएको प्याब्सन हिज्जे प्रतियोगिताको प्रथम विराटनगरस्थित मदरल्याण्ड एकाडेमी स्कूल भएको थियो ।

प्रतियोगिताको प्रथम, द्धितीय र तृतीय हुनेहरुले क्रमशः १५, १० र ५ हजार रुपैयाँ र आकषर्ण ट्रफि तथा प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगिताको गायनतर्फको निर्णायकहरुमा अशोक राई र लोचन राई रहेका थिए । त्यस्तै नृत्यतर्फ प्रेम श्रेष्ठ र चुडामणी फूयल रहेका थिए । विजेता हुने विद्यार्थीहरूलाई कार्यक्रमको प्रमुख अतिथि प्रदेश १ का प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङ्ग, प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेत, विराटनगर अध्यक्ष इन्द्र राईलगायले ट्रफि तथा प्रमाणपत्र वितरण गरेको थियो ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.