Websoft University

सिरहा जिल्लामै यस्तो भव्य स्वस्थ्य शिविर भएकै थिएन – अध्यक्ष सुडी


बिराटनगर भाद्र २९ गते । रातो तारा डट कम,न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल विराटनगरले प्रदान गरेको स्वास्थ्य शिविरमा ७ सय १२ जनाले स्वास्थ्य सेवाबाट लाभान्वित भएकाछन् । लक्ष्मिीपुर पतारी गाँउपालिका , ६ नं वडा कार्यलय ,सितापुर सिरहाको संयूक्त आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । आयोजित सो शिवरबाट ७ सय १२ जना विरामी लाभान्वित भएकोे लक्ष्मिीपुर पतारी गाँउपालिकाले जनाएको छ । उक्त आयोजित शिविरले सिरहावासि हर्षित भएका छन् ।

 न्यूरो हस्पिटलले गरेको स्वास्थ्य शिविर सिरहा जिल्लाकै उत्कृष्ट शिविर रहेको स्थानिय एल बि यादब बताए। उनले पूर्वकै हस्पिटलहरु मध्ये न्यूरो हस्पिटल , चिकित्सक देखी आधुनिक उपकरणमा अब्बल रहेको भन्दै बिरामीहरुलाई बचाउने उत्कृष्ट हस्पिटल रहेको बताए । उनले न्यूरो हस्पिटलको ४२ जनाको स्वास्थ्यकर्मीको टोली संगै वरिष्ठ न्यूरो सर्जन डा. यम बहादुर रोका आफै ग्रामीण भेगमा आएर स्वास्थ्य सेवा प्रदान गर्नुभएकोमा कृतज्ञता व्यक्त गरे । स्वास्थ्य स्वास्थ्य शिविरमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल प्रा.लि.का बरिष्ठ न्यूरो सर्जन डा यम बहादुर रोका , वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. नारायणी रोका वरिष्ठ दन्तरोग विशेषज्ञ डा. अमित प्रताप साह , वरिष्ठ अर्थोपेडिक सर्जन डा.अमित देव लगायतका विशेषज्ञ डाक्टरहरुद्वारा स्वास्थ्य परिक्षण गरिएको थियो ।

स्वास्थ्य शिविरमा लक्ष्मिीपुर पतारी गाँउपालिका , ६ नं वडा कार्यलयका वडा अध्यक्ष राजेश्वर साह सुडीले न्यूरो हस्पिटलले समाज प्रति सदैव उत्तरदायी रहेको भन्दै अगामी दिनमा समेत यस्ता शिविरहरु भइराख्ने अपेक्षा राखेको बताए । शिविरमा न्यूरो सम्बन्धी , महिलाको आङ खस्ने समस्या , महिनावारी , डाइबेटिज , फिजियोथेरापी , बालबालिमालाग्ने बिभिन्न रोग तथा हाड जोर्निको विरामीहरु स्वस्थ्य लाभ लिई लाभान्वित भएका थिए । शिविरमा ७८ जनाको इसिजि , तथा ४ सय २२ जनाको सुगरको टेस्ट गरिएको न्यूरो हस्पिटलका हस्पिटल डाइरेक्टर इं रंजित राज बस्नेतले बताए ।

 न्यूरो हस्पिटलले सामाजिक उत्तरदायित्वलाई निर्वाह गर्दै १ नं प्रदेश तथा २ नंप्रदेशको बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर संञ्चालन गर्दै आएको हस्पिटलका अपरेशनल डाइरेक्टर राजेशभटटराईले बताए ।
मेडिकल अफिसरहरु डा.फनिन्द्र मंडल, डा.साहिल अंसारी , डा. अनिल मेहता , डा. प्रियङका सिङग् , डा.जंगबहादुर चापागाई , डा. राकेश साह , डा निलम यादब , डा.मो.सिद्धिक, फिजियोथेरापिष्ट डा. नविन कुमार चौधरी लगायतका ४२ जनाको स्वास्थ्यकर्मीको टोली द्धारा स्वास्थ्य परिक्षण गर्नुका साथै निःशूल्क औषधी पनि वितरण गरिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.