Websoft University

ग्रेडेड बोर्डिङ स्कुलमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न



विराटनगर, भदौ २९ गते । रातो तारा डट कम,राष्ट्रिय बाल दिवसको अवसर पारेर विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । विभिन्न चरण पार गर्दै फाइनलमा प्रवेश गरेका ७ जना विद्यार्थीबीच प्रतिस्पर्धा गराइएको थियो । 

प्रतियोगितामा कक्षा ९ का राहुल साह प्रथम, कक्षा ९ कै आशिका पौडेल द्वितीय, कक्षा ८ का डोरिक मण्डल र कक्षा ७ की स्नेहा विश्वास तृतीय भए । पत्रकारद्वय मीनकुमार नवोदित, विनोद सुवेदी र विद्यालयका शिक्षक गाण्डव पण्डितको निर्णायक समितिले पुरस्कृत विद्यार्थीहरुको नामावली सार्वजनिक गरेको थियो ।

विजयी विद्यार्थीहरुलाई विद्यालयका प्रिन्सिपल प्रेमलालसिंह सुवाललगायतले मेडल, प्रमाणपत्र र पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा विद्यालयको अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । 

त्यस्तै समारोहमा विद्यार्थीहरुले गीत, नृत्य, कवितालगायत प्रस्तुत गरेका थिए । विद्यार्थी्भित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल सुवालले जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.