Websoft University

तालिमसंगै पुरस्कार पनि


काठमाण्डौ भाद्र १६ गते । रातो तारा डट कम,अछामको साँफेबगर नगरपालिकाले सीपमुलक तालिमसंगै सहभागिलाई पुरस्कार पनि दिने भएको छ । १६ देखि २४ बर्षका किशोरीलाई दिईने तालिममा सहभागि भई उत्कृष्ट हुने तीन जनालाई पुरस्कार दिन लागेकोहो । तालिममा सहभागिलाई तालिम समापनको दिन दैनिक दिदै आएको ५० रुपैयाँलाई निरन्तरता दिदै तालिममा सहभागि भएका उत्कृष्ट ३ जनालाई पुरस्कृत गर्ने भएको छ । नगरपलिकाले ३२ दिने तालिममा सहभागि भई प्रथम हुनेलाई २० हजार, द्धितिय हुनेलाई १५ हजार र तृतिय हुनेलाई १० हजार रुपैयाँ पुरस्कार दिने भएको छ । यस्तै १६ दिने तालिममा उत्कृष्ट हुने ३ जनालाई पनि पुरस्कार दिने भएको छ । जस्मा प्रथम हुनेलाई १२ हजार, द्धितिय हुनेलाई १० हजार र तृतिय हुनेलाई ८ हजार रुपैयाँ पुरस्कार दिने भएको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.