Websoft University

नेपाल मजदुर किसान उत्थान समाजको रक्तदान कार्यक्रम सम्पन्न


शिव भट्टराई, मोरङ  भाद्र ३१ गते । रातो तारा डट कम, मोरङको सुन्दरहरैचा नगरपालिका-७ स्थित गोठगाउँमा नेपाल मजदुर किसान उत्थान समाजद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

रक्तदान कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैचा नगरपालिकाका प्रशासकीय अधिकृत गणेश प्रसाद दाहालको प्रमुख कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाहालले यस संस्थाले आयोजना गर्ने सामाजिक कार्यमा नगरपालिकाले सधैं समन्वय गरेर अगाडि बढाउन सहयोग गर्ने वताएका छन्।

रक्तदान कार्यक्रममा सलकपुर संगीत साधना सामुदायिक कला केन्द्र सलकपुर , नारी विकास संघ सलकपुर ,ABC नेपाल विराटनगर, Worek नेपाल विराटनगर लगायत विभिन्न स्थानिय संस्थाहरुको सहभागिता रहेको थियो।

 कार्यक्रममा २५ जना भन्दा बढीले रक्तदान गरेका थिए भने रेडक्रस विराटनगर ब्लड बैंकको प्राविधिक सहयोगमा सो कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रम संस्थाका अध्यक्ष राजेन्द्र प्रसाद रिजालको सभापतित्व रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.