Websoft University

काँग्रेसले गर्यो अवरोध– प्रदेश १ को प्रदेशसभा बैठकमा स्थगित


बिराटनगर भाद्र ३१ गते । रातो तारा डट कम,प्रमुख प्रतिपक्षी दल काँग्रेसको अवरोधका कारण प्रदेश १ को प्रदेशसभा बैठकमा स्थगित भएको छ । सामाजिक विकास समितिबाट पारित भएको मनमोहन विश्वविद्यालयको विधेयक सदनको कार्यसूचीबाट हटाउनुपर्ने माग गर्दै काँग्रेसले अवरोध गरेपछि बैठक स्थगित भएको हो । 

बैठक सुरु भएलगत्तै काँग्रेस सांसदले आआफ्नो कुर्सीबाट उठेर विरोध जनाएका थिए । त्यसलगत्तै सभामुखले काँग्रेस प्रमुख सचेतक केदार कार्कीलाई समय उपलब्ध गराएका थिए । कार्कीले सामाजिक विकास समितिबाट पारित भएको मनमोहन विश्वविद्यालयको विधेयक सदनको कार्यसूचीबाट हटाउनुपर्ने र नहटेसम्म संसद बैठक चल्न नदिने बताउनुभएको थियो ।

पहिलो पटक स्थगित भएर २० मिनेटपछि पुनः सुरु बैठकमा पनि कांग्रेसका सांसदले विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित भएको घोषणा गर्नुभयो । विधेयक फिर्ता गरेर विस्तृतमा ल्याउनुपर्ने काँग्रेसको माग छ । मनमोहन विराटनगरकै राजीनीति अगुवा नेता भएकाले उहाँको साखलाई उचो बनाउन पनि विधेयक महत्वपूर्ण भएको र  विस्तृत रुपमा ल्याउनुपर्ने काँग्रेस प्रमुख सचेतक कार्कीको भनाइ 
छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.