Websoft University

महिला हिंसा न्युनिकरणमा पत्रकारको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न


 श्याम राइ,गाइघाट, भदौ ३१ गते । रातो तारा डट कम,उदयपुरमा महिला हिंसाका घटना बढ्दै तृगएको एक तथ्यांकले देखाएको छ । नेपाल पत्रकार महासंघको सहकार्यमा ओरेक नेपालले सोमबार गाईघामा आयोजना गरेको महिला हिंसा न्युनिकरणमा पत्रकारको भुमिका बिषयक अन्तरक्रियामा गत आर्थिक बर्षमा १ सय ६० वटा घटनाको तथ्यांक प्रस्तुत गरिएको हो । घटनामध्ये सबैभन्दा बढि १ सय २६ जना महिला घरेलुहिंसाबाट प्रताडित भएका छन् । 

त्यसैगरी बलात्कार १४, प्रयास ४, यौनदुव्र्यवहार ४, सामाजिक हिंसा ९, हत्या १, वेचविखनको प्रयास १ र हिंसाकैकारण आत्महत्या १ रहेको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार सबैभन्दा बढि २६ देखि ३५ बर्ष उमेर समुहका ६८ जना हिंसाको सिकार बन्न बाध्य भएकाछन् । त्यसैगरी १७ देखि २५ बर्षका ४९ छन भने ३६ देखि ४५ का २५ जना रहेका छन् । ५५ बर्षभन्दा माथिका २ जना र १६ बर्षभन्दा मुनिका ६ जना बालिका हिंसामा परेको ओरकका कार्यक्रम संयोजक सुमित्रा कोईरालाले बताईन् ।

यसरी हिंसाभएका महिलामध्ये सबैभन्दा बढि श्रीमानबाट १ सय ८, छिमेकीबाट २३, परिवारका सदस्यबाट १८, सेवाप्रदायक संस्थाबाट २, कुनैपनि सम्बन्ध नभएका व्यक्तिबाट ५, साथीबाट २ र नजिकको साथीबाट २ रहेको उनले बताइन् । तथ्यांकले घटना हुनुकोकारणकोरुपमा परपुरुषसँगको लाल्छना, दाईजो र सामाजिक संजालको सही सदुपयोग नगरेको जस्ता रहेकाछन् ।

 विगत १४ बर्षदेखि महिला हिंसाका अभिलेखलाई व्यवस्थित गर्दै आएको ओरेकले हिंसामा परेका महिलाहरुलाई मनोविमर्श, सुरक्षावास, तथा कानुनी सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ । कार्यक्रममा वरिष्ठ पत्रकार कौशल चेम्जोङ्गले महिला हिंसा न्युनिकरणमा पत्रकारको भुमिकाका सन्र्दभमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले जिल्लामा भएका महिला हिंसाका घटना, सञ्चारमाध्यममा आएका समाचार, विश्वका अभ्यास, विभिन्न देश तथा नेपालको सर्वेक्षणका बारेमा प्रस्तुत गरेका थिए । 

त्यसैगरी हिंसा न्युनिकरणमा पत्रकारले खेल्नु पर्ने भुमिका, उपाय, शब्दचयन, तस्विर, भाषा, आचारसंहितामा भएका व्यवस्था र कानुनी उपचारका बिषयमा प्रष्ट्याएका थिए । कार्यक्रममा महिलाका सवालमा मिडियाका कन्टेनहरु बदल्नु पर्ने, दोष जति महिलालाई मात्र थोपर्ने गरी प्रकाशित समाचार, अश्लिल तस्विर, भाषा, शैली, सम्बेदनशिलतालाई ख्याल गर्नु पर्ने धारणा राखेका थिए । 

उनीहरुले प्रहरीको अनुसन्धान र अदालतले गरेका गलत र राम्रो ढंगले गरेका फैसलालाईसमेत ध्यानदृष्टि राखी समाचारहरु प्रकाशन गरिनु पर्ने बताए । नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का अध्यक्षता, उपाध्यक्ष भोटराज राईको सञ्चालन र ओरेक नेपालका कार्यक्रम संयोजक कमला खड्काको स्वागत मन्तव्यमा भएको कार्यक्रममा प्रमुख अतिथि पत्रकार महासंघ प्रदेस कमिटीका सचिब हरिकुमार राई, गैसस महासंघका केन्द्रिय सल्लाहकार सृजना दनुवार, केन्द्रिय सदस्य महेश्वरी राई, महिला मानव अधिकार रक्षक संजालका जिल्ला अध्यक्ष माया भण्डारी, उपाध्यक्ष देवि कटुवाल, प्रेस सेन्टरका अध्यक्ष तुलसीप्रसाद कोईराला, सामुदायिक रेडियो प्रसारक संघका सचिब बन्दना दनुवार लगायतले कार्यपत्रमाथि टिकाटिप्पणी गर्दै आआफ्ना धारणा राखेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.