Websoft University

अदालतै अगाडि कार्यवाहीको माग गर्दै नारा जुलुस - वडा अध्यक्षहरु बलदेव यादव सहित १० जना विरुद्ध मोरङ प्रहरीले कर्तव्य ज्यान अपराधमा मुद्दा दर्ता गरायो


विराटनग असोज ९ गते । रातो तारा डट कम, विराटनगर–१४ का सेमान्नद यादवको कुटपिट पछि हत्या गरेको आरोपमा फरार भएका तीन जना वडाध्यक्षसहित ९ जना अभियुक्तहरू पक्राउ गर्न माग गर्दै पीडितहरूले जिल्ला अदालत मोरङ अगाडि प्रर्दशन गरेका छन् ।

पीडितहरूले आज अदालत अगाडी अभियुक्तहरूलाई पक्राउ गरि कारावहीको माग राख्दै प्रर्दशन गरेका हुन् ।
विवाहको विषयमा गत जेठ ३२ गते विवाहको पञ्चायतीमा वडा अध्यक्षहरूसहित १० जनाबाट कुटिएका सेमानन्द यादवको असार २६ गते राती विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा निधन भएको थियो ।

मृत्यु भएपछि फरार भएका विराटनगर महानगरपालिकाका १४ का बलदेव यादव, १८ का वडा अध्यक्ष संजय साह र जहदा गाउँपालिकाका १ प्रदिपचन्द यादवासहित ९ जना फरार अभियुक्तहरू पक्राउ गर्न माग गर्दै पीडित पक्षले अदालत अगाडी प्रर्दशन गरेका हुन् ।

आफैँ हाजिर भएका हत्या आरोपी दीपेश यादवसहित समानन्द यादवको कर्तव्य ज्यान मुद्दा मोरङ प्रहरीले मुद्दा अदालतमा बुझाउन लगेपछि आफन्तले जिल्ला अदालत मोरङ अगाडि प्रर्दशन गरेका हुन् । प्रहरीले हत्यामा १० जनाको संलग्नता भएको दाबिसहित अदालतमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

हत्यामा संलग्न भएको आरोप लागेका तीन जना वडाध्यक्षसहित ९ जना फरार छन् । फरार आरोपीलाई पक्राउ गर्न माग गर्दै मृतक समानन्दका आफन्तहरूले आज अदालत अगाडि कार्यालय सममेदेखि नै प्लेकार्ड बोकेर नाराबाजी गर्दै प्रर्दशन गरेका हुन् ।

यादवको मृत्युपछि वडा अध्यक्षहरु बलदेव यादव, सञ्जय शाह र प्रदीपचन्द यादवसहित १० जना आरोपीहरूविरुद्ध मोरङ प्रहरीले कर्तव्य ज्यान अपराधमा मुद्दा दर्ता गराएको थियो । मुद्दा दर्ता भएपछि फरार रहेका उनीहरू अझै फेला परेका छैनन् ।

यादव हत्या प्रकरणमा विराटनगर महानगरपालिका १४ नम्बर वडा अध्यक्ष बलदेव यादव, उनका छोरा रवीन, विराटनगर– १८ का अध्यक्ष सञ्जय शाह र जहदा गाउँपालिका–१ नम्बर वडाध्यक्ष प्रदीपचन्द यादव, विन्देश्वर यादव, सम्भुप्रसाद यादव, भोलु यादव, विरेश यादव, दिनेशप्रसाद यादव फरार छन् । सरकारी वकिलको कार्यालयले उनीहरूलाई फरार प्रतिवादी बनाएर अदालतमा आज मुद्दा दायर गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.