Websoft University

इटहरीमा भ्रष्टाचार, बेथिति,लुटतन्त्र,एनसेल प्रकरण विरुद्धमा नागरिकको खबरदारी सभामा जनसागर उत्रियो

शिव भट्टराई,सुनसरी भाद्र २० गते । रातो तारा डट कम, एनसिएलको लाभ कर मुद्धामा सरकारको मिलोमतोमा एनसिएललाई जोगाउने काम भएको इटहरीमा आयोजित भ्रष्ट्रचार विरोद्धको कार्यक्रमका सहभागीहरुले आरोप लगाएका छन ।

भ्रष्ट्रचार लगायतका विकृति विसंगतिहरुका विरुद्धमा सुनसरीको इटहरीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने बक्ताहरुले सरकारको पक्ष मुद्धा कम्जोर बनाएर एनसिएललाई जोगाएको आरोप लगाएका हुन ।

एनसिएलका विरुद्धमा मुद्धा लडेका अधिबक्ता समेत रहेका डा. सुरेन्द्र भण्डारीले आफुहरुले एनसिएलले पुजिको लाभ कर बुझाउनु पर्ने दावी गरिरहेको समयमा सरकारी पक्षबाट वकालत गर्नेहरुले मुद्धा कम्जोर वनाउने काम गरेको आरोप लगाए । प्रधान न्यायधिस समेतले लाभ कर बुझाउनु पर्ने आदेश गरेपनि पुन एनसिएलले लाभ कर बुझाउनु नपर्ने निर्णय आउनु नेपाल र नेपालीहरुको हितमा नभएको समेत उनले दावी गरे ।

नेपालका लागि नेपाली भन्ने मुल नाराका साथ आयोजित सभाका अन्य बक्ताहरुले अहिलेको दुई तिहाईको सरकारको समयमा भ्रष्ट्रचार अधिक बढेको आरोप लगाए । कार्यक्रममा भ्रष्ट्रचार विरोधी अभियानका अभियान्ता ज्ञानेन्द्र शाही, अधिवक्ता बालकृष्ण न्यौपाने लगायतले भ्रष्टाचारीलाई बाँकी नराख्ने वताएका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.