काठमाण्डौ असोज २ गते । रातो तारा डट कम,सडकको विकाससँगै कर्णाली राजमार्ग आसपास पर्ने बस्तीमा बजारीकरण बढ्दै गएको छ । एक दशक पहिला सुनसान देखिने कर्णाली राजमार्ग आसपासका बस्ती, बजारमा स्थानीय सरकार आएसँगै सौर्य बत्तीले चहलपहल बढाएको छ । तिला गाउँपालिकाको रारालिही, कुडारी, तिलाकोट, जर्मी, एैरेनी लगायत क्षेत्रका बजार बाक्लिँदै गएको हो । अहिले तीन दर्जनभन्दा बढी होटल व्यवसाय, डिलर, खुद्रा पसल, पोल्टी फार्म, फ्रेस हाउस, कपडाका पसल हार्डवेयरका व्यवसायी बढेका छन् । संघीयताले स्थानीयस्तरमा आर्थिक गतिविधि बढाए पनि ग्रामीण क्षेत्रका बजारमा भने विद्युतीय बत्तीको अभाव भएकाले चोरीका घटना बढ्ने गरेका कारण व्यापारीको माग अनुसार सडक बत्तीको व्यवस्था गरिएको गाउँपालिकाका वडाध्यक्ष डिल्ली रावलले बताउनुभयो । अहिले सडक बत्तीले ग्रामीण क्षेत्रका बजार झिलीमिली भएका छन ्। स्थानीय सरकार आएसँगै ग्रामीण क्षेत्रका बजारमा चहलपहल बढ्नाका साथै सडक बत्तीले व्यापारिक कारोवारका टेवा पुगेको व्यापारी राजु डाँगीले जानकारी दिनु भएको छ ।

Post a Comment