Websoft University

भीम पराजुलीले गायत्री संस्कृत माविमा आज भ्यानको उद्घाटन गरे


बिराटनगर भाद्र १५ गते । रातो तारा डट कम,मोरङको विराटनगर र नगर वाहिर सुनसरी सम्मका सामूदायिक विद्यालयका विद्यार्थीहरुको दृष्टीदोष हटाउन आजदेखि सुविधायुक्त ‘ भिजन भ्यान ’ गाडी भित्र नै आँखा उपचार केन्द्र विराटनगर आँखा अस्पतालले सञ्चालनमा ल्याएको छ ।

विराटनगर उपमहानगरपालिका प्रमुख भीम पराजुलीले गायत्री संस्कृत माविमा आज भ्यानको उद्घाटन गर्दै आर्थिक रुपमा कमजोर रहेका सामूदायिक विद्यालयका विद्यार्थीलाई सेवा पु¥याउन शुरु गरिएको सेवा प्रति हर्ष प्रकट गरे । उनले महानगरपालिकाले गत वर्षदेखि नगरमा रहेका आँखा अस्पतालसंग समन्वय गरी मोतियाविन्दु रहित अभियान सञ्चालन गरी निशुल्करुपमा नगरवासीहरुलाई शल्यक्रिया सेवा उपलव्ध गराएको जानकारी दिए ।

अरविश इन्टरनेशनलले रिच प्रोग्राम अन्तर्गत ३२ लाख ७२ र नेपाल नेत्र ज्योति संघ मोरङको १० लाख गरी ४२ लाख ७२ हजारको उक्त भ्यानमा विद्यालयका विद्यार्थीहरुको सम्पूर्ण आँखा परीक्षण गर्नुका साथै चश्मा समेत निःशुल्क उपलव्ध गराउने व्यवस्था गरिएको छ ।

उक्त भ्यानमा (बस)मा दृष्टि परीक्षण उपकरण, स्लीट लेम्प, टोनोमिटर, फनडस जाँच तथा तुरुन्च चश्मा तयार गर्ने व्यवस्था गरिएको छ ।

बाताकुलिनित भ्यानको अगाडि पट्टी टेलिभिजन राखी विभिन्न जनचेतना जागृत गराउने सामाग्री समेत प्रर्दशन गरिने भएको छ । विद्यार्थीहरुको परीक्षण पश्चात शुल्य चिकित्सा गर्नु पर्ने भएमा विराटनगर आँखा अस्पतालमा निःशुल्क उपचार गराउने व्यवस्था गरिएको छ ।

भ्यान सञ्चालनले आगामी तीन वर्षभित्र तीन लाख विद्यालयका बालवालिकाहरुको आँखा परीक्षण गर्नुका साथै चश्मा वितरण गरिने लक्ष्य लिएको छ ।

पूर्वाञ्चल आँखा उपचार समन्वय समितिका संयोजक सुधिर ठाकुरले विगत ३६ वर्षको अवधिमा लाहान र विराटनगर आँखा अस्पतालले ८० लाख जनताको आँखा परीक्षण र १४ लाखको शल्यक्रिया गरेको जानकारी दिए ।

अरविश इन्टरनेशल वेलायतका डेविट ब्रुस फ्रुस्टेन स्थलगत रुपमा विद्यालयमा विद्यार्थीहरुको दृष्टिदोष परीक्षण भ्यानको सुविधायुक्तले प्रभावकारी कार्य हुने विश्वास व्यक्त गरे ।

विराटनगर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्यामुकमार पोखरेल, सदस्य पद्मनारायण चौधरी र इन्टरनेशलका भारत निर्देशक ऋषि वोहराले नियमित आँखा परीक्षणले बालबालिमा दृष्टिदोष समस्या समाधानमा सहज हुने बताए ।

विद्यार्थीहरुमा हुने दृष्टिदोषमा सामूदायिक विद्यालयमा तीन प्रतिशत रहेको छ भने संस्थागततर्फ नौ प्रतिशत रहेको सोही अवसरमा वताइयो । विराटनगर आँखा अस्पतालले सन् २०१८ मा पाँच लाख ५० हजार सर्वसाधारणको आँखा परीक्षण गर्नुका साथै ७१ हजारको शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । विद्यालयमा अध्ययनरत तीन सय बालवालवालिकाको आँखा आज परीक्षण गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.