Websoft University

उद्योग संगठनले रमेश कुमार केसीलाई आज गर्यो विदाइ,


बिराटनगर भाद्र १५ गते । रातो तारा डट कम,उद्योग संगठन मोरंङले मोरंङबाट सरुवा भई जान लाग्नु भएका मोरंङका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीको आज मिति २०७६ भाद्र १५ गते विदाई गरेको छ ।

विदाई गर्दै संगठनका अध्यक्ष भीम घिमिरेले अत्यन्त सरल,मिलनशार र सहयोगी भावनाका प्रमुख जिल्ला अधिकारीको विदाई गर्नु पर्दा दुख लागेको वताउदै उहा को आगामी दिनको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । अध्यक्ष घिमिरेले छोटो समयमा नै आफुलाई कुशल प्रशासकको रुपमा प्रस्तुत गर्न सफल रमेश कुमार केसीज्यूले मोरंगमा रहँदा उद्योग-व्यवसाय क्षेत्रको विकासका लागि पु¥याउनु भएको सहयोग यस क्षेेेेत्रका उद्योगी-व्यवसायीको मनमा सदैव रहने वताउनु भयो ।

अध्यक्ष घिमिरेले कुशल प्रशासक र क्ष्ँमतावान नेतृत्वकर्ताको रुपमा प्रमुख जिल्ला अधिकारी केसीज्यूले शान्ति सुरक्षा अमन चयन कायम गर्न पु¥याउनु भएको योगदानको प्रशंसा गर्दै यस क्षैैैैत्रका उद्योगी-व्यवसायीका तर्फबाट धन्यवाद ज्ञापन गर्नु भयो ।

प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले आफु मोरंङ जिल्लाको प्रमुख जिल्ला अधिकारीमा कार्यरत रहदा सबैबाट प्राप्त सहयोग र सद्भावका लागि आभार व्यत्त गर्नु भयो । उहा“ले उद्योगी÷व्यवसायी लगायतबाट प्रँप्त साथ र सहयोगले आफुलाई सदैव होसला मिलेको, मोरंगमा विताएको एक वर्षको समयवधि अविस्मरणीय भएको वताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी रमेश केसीले यस क्षेेत्रको आर्थिक एवं औद्योगिक विकासका लागि संगठनले उठाएका विषयहरु दुरगामी महत्वका विषय भएको र सुशासन विना आर्थिक विकास सम्भव नभएकाले सुशासन कायम राख्दै मुलुकको आर्थिक विकासको आधार तयार गर्नु पर्ने वताउनु भयो ।

विदाई कार्यक्रममा उद्योग संगठन मोरंङका अध्यक्ष् भीम घिमिरे,पूर्व अध्यक्ष् सुशिल धनावत,उपाध्यक्ष् राकेश सुराना,कोषाध्यक्ष् नन्दकिशोर राठी,कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा,संजय अग्रवाल,तारानाथ निरौला,विपिन कावरा लगायतको उपस्थिति रहेको रहेको विज्ञप्ति मार्फत
जानकारी गराइएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.