Websoft University

जिल्ला प्रहरी कार्यालय उदयपुरले ‘चाडपर्व विशेष सुरक्षा रणनीति –२०७६’ सार्वजानिक गर्यो


श्याम राई,गाईघाट, असोज ८ गते । रातो तारा डट कम,चाडपर्वमा हुन सक्ने सम्भावित अपराधिक घटनालाई निस्तेज पार्न जिल्ला प्रहरी कार्यालय उदयपुरले ‘चाडपर्व विशेष सुरक्षा रणनीति –२०७६’ सार्वजानिक गरेकोछ । बुधबार दिउँसो प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी सुरक्षा रणनीति बारे जानकारी गराएको हो । 

सुरक्षा रणनीतिअनुसार नेपाल प्रहरीले ३७ मध्ये कारागार, अदालत र जिल्ला प्रशासनबाहेकका ३४ वटा युनिटबाट साधा पोसाकसहित ३ सय ९८ जना प्रहरी परिचालन गर्ने भएको छ । पोसाक लगाएको देखेपछि अपराध गरेका व्यक्तिहरु फरार हुने भएकाले ४ वटा समुहमा साधापोसाका प्रहरी परिचालन गरिने प्रहरी उपरीक्षक (एसपी) बिरबहादुर बुढामगरले जानकारी दिए । 

त्यसैगरी मोवाईल गस्तिबाट चारपाङ्ग्रे ४ वटा, दुईपाङग्रे मोटरसाईकल ३० वटा परिचालन गरिने भएको छ । प्रहरीले ६ ठाउँ ट्राफिकसहितको र १३ ठाउँ प्रहरीबाट मात्र चेकिङको व्यवस्था मिलाएको छ । यसरी चेकिङ गर्दा राष्ट्रिय राजमार्ग, जंगल, सुनसान क्षेत्रलाई प्राथामिकतमा राखिएको एसपी मगरले बताए । चाडपर्वमा धार्मिक तथा पर्यटकिय क्षेत्रमा पनि सर्वसाधरणको भिड बढ्ने भएकाले ७ वटा त्यस्ता स्थलहरुको पहिचान गरी आवश्यक सुरक्षा व्यवस्थाको प्रवन्ध मिलाइएको उनले बताए । 

सिमित स्रोतसाधन भएकाले प्रहरीले २३ वटा पैदल गस्ति र नाकाहरुमा २४ घण्टै चेकिङको व्यवस्था मिलाइएको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रमुख जिल्ला अधिकारी धुव्रबहादुर खड्काले आर्थिक कारोवार बढि हुने बैंक, सुनचाँदी पसल, जंगल, मदनभण्डारी, कदमाह–गाईघाट राजमार्ग क्षेत्र चुनौतीपूर्ण रहेकाले प्रहरीको सकृयता बढाईने बताए ।उनले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा दुर्घटना, झगडा जस्ता अपराधिक कृयाकलाप हुने भएकाले समयमा होटलहरु बन्द गर्ने, ट्राफिक प्रहरीको चेकिङलाई व्यापकता दिने गरी योजना बनाइएको बताए । 

त्यस्तै दैनिक उपभोग्य सामग्री आपुर्ति समस्या, कालोवजारी नियन्त्रण, सरकारी कार्यालय, वजार सुरक्षाका लागि पनि रणनीति नै बनाई सुरक्षा सम्यन्त्र परिचालन गरिने उनलेबताए । नेपाल प्रहरीसँगै सशस्त्र, ट्राफिक, राष्ट्रिय अनुसन्धानको टोलीसमेत परिचालन गर्ने र बैंक सुरक्र्षाथ खटिएका सुरक्षागार्डलाईसमेत बैंक भित्र मात्र नभई आसपासका क्षेत्रलाईसमेत नियाल्ने गरी योजना तय गरिएको प्रजिअ खड्काले बताए । सुरक्षा योजना सफल पार्नका लागि प्रहरीले मुख्य कमाण्डकोरुपमा एसपी, रिजर्व टोलीमा डिएसपी, तत्काल परिचालनका लागि इन्स्पेक्टरको कमाण्ड रहने व्यवस्था मिलाइएको एसपी मगरले जानकारी दिए ।

त्यस्तै सर्वसाधरणलाई ठगिबाट बचाउनका लागि सदरमुकाम गाईघाट र कटारी क्षेत्र गरी दुई ठाउँका बसपार्कमा यात्रु सहायता कक्षा राखिने भएको छ । प्रहरीले चाडपर्वमा भित्रिन सक्ने लागुपदार्थ, पटका जस्ता पदार्थलाई निस्तेज बनाउन सिमा सुरक्षादेखि लिएर ठाउँ–ठाउँमा २४ घण्टा नै चेकजाँचको व्यवस्था मिलाएको एसपी मगरले बताए । प्रहरीले सुरक्षा योजना बिहीबारदेखि लागु हुने बताएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.