Websoft University

माछा मासु पसलमा सरसफाइमा कमी–पसलै पिच्छे माछा मासुको मुल्या फरक फरक, पसहरुमा मुल्य सुचि पनि छैन


बिराटनगर असोज ८ गते । रातो तारा डट कम, बाणिज्य आपुर्ति तथा उपभोक्ता समरक्षण कार्यालयका कार्यलय प्रमुख हिमालय बराल,जिल्ला प्रशासन कार्यलय मोरङका प्रशासकीय अधिकृत डम्वरु वल्भव बराल,नाप तौल तथा गुण नियान्त्रण कार्यालयका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय प्रतिनिधि प्रहरी सन्चारकर्मीहरु समेतको टोलिले आज बिराटनगर ९ गुद्री छेउछाउका मासु पसलहरुको अनुगमन गरेको छ

यसरी अनुगमन गर्दा मासु बिक्रेताहरु सजक रहने बढी सर सफाईमा ध्यान दिने भएकाले आउदो चाड् पर्वहरुलाई ध्यानमा राखेर यो अनुगमन गरिएको बाणिज्य कार्यालय बिराटनगरका प्रमुख हिमालय बरालले जानकारी गराउनु भएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत डम्वरु वल्भव बरालले अहिले नेपालीहरुको महान पर्व दशैं दिपावाली,छट नजिकिदै गरेकाले आम उपभोक्ताहरुले राम्रो सुद्घ सफा ताजा माछा, मासु, उचित मुल्यमा किनेर उपभोक्ताहरुले किनेर खान पाउन भन्ने उश्येबाट यो अनुगमनलाई बढाइएको हो भन्नु भयो । यस प्रकारका अनुगमनहरु महानगरपालिकाले पनि अहिले गरिरहेकोछ ।

अनुगमन गरेर मात्र नपुग्ने रहेछ आज बिराटनगर ९ गुद्रीका करिव २० वट्टा माछा मासु का पसलहरुको अनुगमन हुदा हरेक पसलमा मुल्या सुचिहरु नराखिएका प्रमाण पत्र केहिका नबिकरण नभएका, माछा कुखुराको र खसिको मासुको मुल्यमा एक रुपता नभएको पुरानो मासुहरु पनि डि फ्रिजमा राखिएको पाएकोले यस बिषयमा महानगरपालिका बिराटनगरले छिटो ध्यान दिनु पर्ने समेत देखियो ।

अनुगमन टोलिले मासुको कारोवार गर्ने पसल धनी लाई सचेत गराउने र गल्ती भएका कुराहरुलाई के कार्यवाहीको दायरामा ल्याउने हो सो बारेमा बिराटनगर महानगरपालिका कार्यालय र जिल्ला प्रशासन कार्यालय बाणिज्य कार्यालय नापतौल कार्यालय प्रहरी कार्यालय समेतलाई जानकारी गराइ काम अगि बढाउन सहयोग गर्ने रहेकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.