Websoft University

उदयपुरको त्रियुगा जनता वहुमुखि क्याम्पस मोतिगडा आर्थिक संकटको चपेटमा


श्याम राई, गाईघाट, असोज ८ गते । रातो तारा डट कम,सरकारले माध्यमिक तहका बिद्यालयलाई अनिवार्य १२ कक्षा चलाउनु पर्ने प्रावधान गरेपछि गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र प्राप्त गरेको उदयपुरको त्रियुगा जनता वहुमुखि क्याम्पस मोतिगडा आर्थिक संकटको चपेटमा परेको छ । एकातर्फ सरकारले यो नीति अख्तियारी गर्दा र अर्कोतर्फ त्रिभुवन विश्वविद्यालयले हचुवाको भरमा गाउँघरमा क्याम्पस सञ्चालन गर्ने नीतिअवलम्बन गर्दा क्याम्पसलाई आर्थिक संकट थोपरिएको हो ।

क्याम्पसको ११ औँ साधारणसभा तथा आ.ब. २०७६÷७७ को नीति तथा कार्यक्रम र वजेट प्रस्तुतिकरण कार्यक्रममा क्याम्पस प्रमुख रमेश रोकाले चौतर्फी घेराबन्दिकाकारण अघिल्लो आर्थिक बर्षमा १९ लाख ११ हजार ७ सय ९ रुपैँया वजेट लक्ष्यभन्दा न्युन रहेको प्रतिवेदन प्रस्तुत गरे ।

प्रतिवेदनमा न्युन वजेट बढेर चालु आर्थिक बर्षमा २ करोड ३२ लाख १३ हजार ४ सय ९८ रुपैँया पुग्ने अनुमान गरिएको छ । क्याम्पसले अघिल्लो आ.व.मा विभिन्न १० शिर्षकमा गरी ६ करोड २४ लाख ९७ हजार ४ सय १२ रुपैँया अनुमानित रकम आम्दानी हुने प्रक्षेपण गरेपनि ४ करोड १५ लाख २२ हजार ४ सय १३ रुपैँया ८२ पैसा मात्र आम्दानी भएको प्रमुख रोकाले बताए । त्यसैगरी खर्चतर्फ ४ करोड ३४ लाख ३४ हजार १ सय २३ रुपैँया ३६ पैसा खर्च भएको छ ।

क्याम्पसले चालु आ.व.मा ९ करोड ५४ लाख ९५ हजार १ सय २० रुपैँया आम्दानी र खर्चतर्फ ११ करोड ८७ लाख ८ हजार ६ सय १८ रुपैँया खर्च हुने अनुमान गरिएको छ । लक्ष्यअनुसार प्रगतिहासिल गर्न नसक्नुमा क्याम्पसले १२ कक्षा खारेजी गरिनु, त्रिविको फितलो सम्बन्धन प्रणालीले टोलटोलमा क्याम्पस खोलिनु, वेरोजगारकोकारण उच्च शिक्षा प्रति बिद्यार्थीको बितृष्णा जाग्नु साथै निजी र सामुदायिक क्याम्पसविच बिद्यार्थी तान्ने अस्वस्थ होडबाजी रहेको निष्कर्ष निकालेको छ ।

त्यसैगरी क्याम्पस सञ्चालक समितिका अध्यक्ष मिनबहादुर ज्यु ठकुरीले प्रस्तुत गरेको प्रतिवेदनमा बौद्धिक स्तरको बिद्यार्थी भर्ना कम हुनु, शिक्षण शुल्कबाट सञ्चालन खर्च धान्न गार्हो हुनु, वैकल्पिक आर्थिक स्रोतको खोजी गर्न नसक्नु, अनुसन्धान र प्रकाशन कार्य सुस्त हुनु, प्राविधिक धारका र अन्य शिर्षक शैक्षिक कार्यक्रम सञ्चालन गर्न नसक्नु, यातायात र छात्रबासको व्यवस्था गर्न नसक्नु, प्रविधिमैत्री शिक्षण कार्यलाई परिपूर्ण बनाउन नसक्नु क्याम्पस प्रशासनको कमजोरी भएको उल्लेख छ ।

उनले १ नम्बर प्रदेश विश्वविद्यालयको स्थापना पश्चात केन्द्रिय क्याम्पसको रुपमा विस्तारित हुन सक्ने, प्राविधिक धारका अन्य आकर्षक शैक्षिक कार्यक्रम सञ्चालन, जिल्ला र प्रदेशका लागि विशेष जनशक्ति उत्पादन गर्न सकिने अवसरहरु पनि उत्तिकै रहको बताए । भौतिक पूर्वाधार, सुबिधा, शैक्षिक कार्यक्रम विस्तार, प्राज्ञिक उन्नयनलाई प्रोत्साहन, बिद्यार्थीको सेवा र सुबिधा, शैक्षिक गुणस्तरमा बृद्धी गर्दै लैजाने क्याम्पसको नीति रहेकोबताइएको छ ।

२०४४ सालमा विभिन्न दातको सहयोग र समुदायकै पहलमा स्थापना गरिएको क्याम्पसमा चालु आ.व.मा २ हजार १ सय १ नयाँ बिद्यार्थी भर्ना हुने अनुमान गरिएको छ । अघिल्लो आ.व.मा १ हजार ७ सय ६८ बिद्यार्थी भर्ना भएको प्रमुख रोकाले जानकारी दिए । साधारणसभाको उद्घाटन गर्दै प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले त्रियुगा जनता वहुमुखि क्याम्पसलाई प्रादेशिक विश्वविद्यालयको एउटा अगंकोरुपमा विकास गरिने बताए । 

उनले क्याम्पसको पूर्वाधार र शैक्षिक क्षेत्रको विकास गर्न प्रदेश सरकार सकारात्मक रहेको बताए । उनले शिक्षा क्षेत्र महगों हुँदा भ्रष्टाचार, अनियमिता बढेको बताउँदै शिक्षा र स्वास्थ्यको क्षेत्रलाई निशुल्कसँगै जनताको पहुँमा पुर्याउनु पर्ने धारणा राखे । काग्रेस नेतृत्वको सरकारले २०४८ सालमा खुल्ला अर्थतन्त्र नीति अवलम्वन गर्दा अहिलेसम्म पनि व्यापार घाटा मात्र नभई त्यसको असर शिक्षा र स्वास्थ्यमा पनि परेको स्मरण गरे ।

मन्त्री आङवोले युगको मागअनुसार शैक्षिक क्यालण्डर बनाई प्राविधिक र व्यवहारिक शिक्षामा जोड दिँदै दक्ष जनशक्ति उत्पादन गर्न आग्रह गरे । कार्यक्रममा प्रदेश सांसद विमल कार्की, नारायण बुर्जा मगर, अम्बिका थापा, सुनिता चौधरी र संजा दनुवारले क्याम्पसलाई प्रदेशको शैक्षिक हवकोरुपमा विकास गर्ने गरी प्रदेश सरकार लागि परेको बताए ।

उनीहरुले प्रदेस सरकारले भर्खरै पारित गरेको मनमोहन प्राविधिक विश्वविद्यालयको प्रदेश कार्यालय उदयपुरमा राख्ने तयारीका लागि आफुहरु लागि परको बताए । कार्यक्रममा संबिधानसभाका सदस्य मोहन पौड्ेल, मणि खम्बु, रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्का, नेपाल कम्युनिष्ट पार्टीका सचिब इश्वरमणि राउत लगायतले बोलेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.