Websoft University

लगानीका अवसर विषयमा अन्तरक्रिया गरिने कार्यक्रम सम्पन्न



बिराटनगर भाद्र १५ गते । रातो तारा डट कम,नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा यहि भाद्र १३ गते  इलाम उद्योग वाणिज्य संघ, इलाममा कृषि व्यवसायको प्रवद्र्धन र संभावित लगानीका क्षेत्रका विषयमा अन्तरक्रिया कार्यक्रम  प्रदेश नं. १ का माननीय प्रदेश सांसद रामवहादुर मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

उक्त अवसरमा यस महासंघका अध्यक्ष श्री नरेन्द्रकुमार खडकाले कार्यक्रममा सहभागीहरुको स्वागत गर्दै प्रदेशमा कृषिको उत्पादन वृद्धि, रोजगारीका सिर्जना एवम् निर्यातका सम्भावनालाई सघाउ पुर्याउने गरी सरकारले सहजीकरणका नीति र प्रावधानहरु ल्याउनु पर्ने र सार्वजनिक र नीजि क्षेत्रको साझेदारीमा लगानीका अवसरहरु खोजी गर्दै लगानी वृद्धि तर्फ लाग्नु पर्ने बताउनु भयो । 

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य श्री अविनाश बोहराले खाद्यन्न उत्पादन मार्फत आयात प्रतिस्थापन र निर्यात योग्य नगदेबालीहरुका क्षेत्रमा लगानी गरी व्यापार सन्तुलन गर्नु पर्ने धारणा व्यक्त गर्दै कृषि उत्पादनको ब्राण्डींग, बजारीकरण, विमा तथा बजार पूर्वाधारको बजार लेखाजोखा गरी लगानी क्षेत्र पहिचान र प्रवद्र्धन गर्नु पर्ने कुरामा जोड दिनु भयो । 

यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्री राजेन्द्र राउतले कार्यक्रम माथि प्रकाश पार्दै सरकारले सार्वजनिक नीजि साझेदारी विकासको मोडलमा काम गर्ने परिपाटि बसाल्नु पर्ने कुरा उल्लेख गर्दै चिया, अलैची, अुदवा, सुपाडी, चिरैतो, फलफूल, तरकारी आदि वस्तुहरुको प्रवद्र्धन गरी निर्यात बढाउनु पर्ने, यसको व्यवसायीक तथा औद्योगिककरणका लागि विशेष तालिमको व्यवस्था गर्नु पर्ने,  उन्नत जातको विउ विजन, मलखाद सिंचाइ, आधुनिक प्रविधिहरुको व्यवस्थापन गर्नु पर्ने,  कृषि तथा उद्योग स्थल सम्म सडक सन्जाल फैलाउनुका साथै उत्पादित सामानहरुलाई व्यापारीक केन्द्रहरुमा संकलन केन्द्रको स्थापना र प्रशोधन सहितको आधुनिक भण्डारणको स्थापना गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का तर्फबाट लगानीका अवसरहरुका वारेमा अध्ययन गरि रहनु भएका अर्थशास्त्री डा. अर्जुन बरालले प्रदेश नं. १ मा कृषि क्षेत्रमा लगानी वृद्धिका लागि देखिएका सवल पक्ष, दुर्वल पक्ष, चुनौती, नीतिगत व्यवस्था आदि विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

इलाम नगर पालिकाका मेयर श्री पशुपति बस्नेतले  इलाम लगानीका हिसावले डेरी, चिया र किवि उत्पादन उपयुक्त रहेको उल्लेख गर्दै स्थानीय सरकारले यसका लागि सहजीकरण गर्न तयार रहेको वताउनु भयो । साथै कृषिमा यान्त्रीकरण र आधुनिक प्रविधिमा लगानी वृद्धि गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि माननीय प्रदेश सांसद रामवहादुर मगरले कृषि पूर्वाधारमा लगानी बढाउनु पर्ने, नीजि क्षेत्रका लगानीकर्तालाई प्रोत्साहन गर्ने किसिमका नीति र प्रावधानहरुको व्यवस्था गर्न प्रदेशले आवश्यक पहल गर्ने, तरकारी, सजिवन, दुग्ध, चिया, अलैंची, कफिका क्षेत्रमा पनि लगानी अवसरहरु खोजी गर्नु पर्ने र यसका ब्लकहरुको विकास गरी लगानी केन्द्रित गर्नु पर्ने ,कृषि उपको आन्तरिक बजार र तथा बाह्य निर्यातका प्रतिस्पर्धात्मक क्षेत्रहरु पहिचान र प्रवद्र्धन गर्न जोड दिनु पर्ने , कृषि पर्यटन, फलफुल र स्वदेशी उद्योगका लागि चाहिने कच्चा पदार्थ उत्पादनमा जोड दिनु पर्ने, सामुहिक पुजीको निर्माण गरी लगानी अभिबृद्धि गर्न जोड दिनु पर्ने उल्लेख गर्नु भएको थियो । 

छलफल कार्यक्रममा सहभागी इलाम जिल्ला समन्वय समितिका संयोजक श्री गणेश बराल, इलाम उद्योग वाणिज्य संघकी पूर्व अध्यक्ष श्रीमति सुशिला सापकोटा, सुर्योदय नगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राइ, सहज कार्यक्रमका कोअर्डिनेटर श्री विष्णु काफ्ले लगायत कार्यक्रममा सहभागी कृषक व्यवसायीहरुले कृषिको उत्पादकत्व वृद्धि, व्यवसायीकरण, औद्योगिकरण र बजारीकरण सुनिश्चित गर्न भूमि बैंक, करार खेती, यान्त्रीकिकरण, अक्सन, कोल्ड स्टोर, वेयरहाउस लगायतका कृषि बजार पूर्वाधारका लागि आवश्यक नीति तर्जुमा गरी यसलाई लगानी र वित्तीय सेवासँग जोड्नु पर्ने कुरामा जोड दिएका थिए ।  

इलाम उद्योग वाणिज्य संघका अध्यक्ष श्री इश्वरलाल चिपालुको सभापतित्वमा भएको उक्त कार्यक्रममा इटहरी, उर्लावारी, कन्काई, मेची, झापा, विर्तामोड, पांचथर, ताप्लेजुंगका उद्योग वाणिज्य संघका अध्यक्ष, कृषि क्षेत्रमा आवद्ध वस्तुगत संघका अध्यक्ष, कृषक लगायत नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का कार्य समितिका पदाधिकारी एवं सदस्यहरुको सहभागिता रहेको थियो । 

उक्त छलफल कार्यक्रम पश्चात् नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को कार्य समितिको सातौ बैठक अध्यक्ष श्री नरेन्द्रकुमार खडकाको अध्यक्षतामा इलाममा भएको थियो । उक्त बैठकले संघीय सरकारले लागू गरेको कर नीति लगायत महासंघको आगामी कार्यक्रमका विषयमा छलफल भएको थियो । बैठकले  केहि उद्योग प्रतिष्ठानलाई  एसोसिएट्स सदस्यता दिने निर्णय पनि गरेको थियो ।

उक्त दिन विहान विर्तामोड उद्योग वाणिज्य संघ, झापामा पनि यस विषयमा छलफल कार्यक्रम राखिएको थियो । निकट भविष्यमा धनकुटा र उदयपुरमा पनि लगानीका अवसर विषयमा अन्तरक्रिया गरिने कार्यक्रम रहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.