Websoft University

जनचेतना मुलक देउडा गीत प्रतियोगिताको आयोजना सम्पन्न


काठमाण्डौ भाद्र १५ गते । रातो तारा डट कम,हरितालिका तीजको अवसरमा सदरमुकाम गमगढीमा जनचेतना मुलक देउडा गीत प्रतियोगिताको आयोजना गरिएको छ । लैंगिक हिंसा न्यूनिकरण, पोषण, स्वास्थ्य र स्थानीय उत्पादनका विषयमा महिला समुहले सहभागिता जनाएका छन् । विश्व हिन्दु महासंघ परिषद र नारी उत्थान तथा सचेतना केन्द्रको आयोजनामा नगरपालिका स्तरीय देउडा गीत प्रतियोगिताको आयोजना गरिएकोहो । प्रतियोगितामा छायाँनाथ रारा नगरपालिका भित्रका २२ वटा महिला समूहले सहभागिता जनाएका छन् । सहभागी महिला समूहहरुले देउडा खेल्नुका साथै एक आपसमा तीजको शुभकामना समेत आदान प्रदान गरेको विश्व हिन्दु महासंघ परिषदका अध्यक्ष चेतना शाहीले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागि सबै महिला समुहलाई पुरस्कार र प्रमाण पत्र प्रदान गरिने शाहीको भनाइ छ । प्रतियोगितामा सहभागि महिला समुहहरुले गाउँमा भएको महिला हिंसा र लैंगिक असमानता हटाउनु पर्ने, आयातित खाद्यन्न भन्दा स्थानीय उत्पादनमा जोड दिनु पर्ने, जसले गर्दा आम नागरिकको स्वास्थ्य पोषणमा सुधार आउने कुरा देउडा गीत मार्फत व्यक्त गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.