Websoft University

पञ्चन स्वास्थ्य चौकी निर्माणको काम अलपत्र


काठमाण्डौ भाद्र १५ गते । रातो तारा डट कम,सोलुखुम्बुको थुलुङ दुधकोशि गाउँपालिका ३ पञ्चनमा निर्माणाधीन स्वास्थ्य चौकीको भवन अलपत्र बनेको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय ओखलढुंगाको सहयोगमा निर्माण सूरु गरिएको स्वास्थ्य चौकीको भवन ठेकेदारको लापरवाहिले अलपत्र बनेको हो । १ करोड ४० लाख लगानिमा निर्माणाधिन स्वास्थ्य चौकीको काम ४ वर्ष अगाडि सुरु भएको थियो । कालिका कन्स्ट्रक्सनले ठेक्का लिएको यो भवनको एक वर्षदेखि कुनै काम अगाडि नबढ्नाको साथै अहिले अलपत्र बनेको छ । गजेन्द्र प्रसाद काफ्ले डाईरेक्टर रहेको कालिका कन्स्ट्रक्सनले वि.सं. २०७२ जेठमा सो भवन निर्माणको जिम्मा लिएको थियो । स्वास्थ्य चौकीको भवन समयमै निर्माण हुन नसक्दा कार्यालयको दैनिक कामका साथै पञ्चनबासीहरु  स्वास्थ्य सेवा लिनबाट बञ्चीत भएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.