Websoft University

सांसदले जिसस विरुद्ध गरे प्रशासनमा उजुरी


काठमाण्डौ साउन १९ गते । रातो तारा डट कम,जिल्ला समन्वय समिति ओखलढुङ्गा विरुद्ध उजुरी परेको छ । करोडौं मुल्य बराबरको राहत सामाग्रीमा अनियमितता गरेको भन्दै छानविनका लागि जिसस विरुद्ध सांसद मोहन कुमार खड्काले प्रशासनमा उजुरी दिनुभएको हो । प्रदेश नम्बर १ का अर्थ समितिका सभापति समेत रहनुभएका सांसद खड्काले ओखलढुंगा जिल्ला समन्वय समितिका सभापति जयबहादुर श्रेष्ठ विरुद्ध राहत सामग्रीमा अनियमितता गरेको भन्दै उजुरी दिनु भएको हो । जिसस प्रमुख विरुद्ध सत्तारुढ दल नेकपाको लेटरप्याडमा मुद्दा लेखेर सांसद खड्काले जिल्ला प्रशासनमा बुझाउनु भएको छ । सांसद खड्का नेकपा ओखलढुङ्गाका अध्यक्ष पनि हुनुहुुन्छ । भूकम्प पीडितलाई वितरण गरेर बाँकी रहेको करोडौं मुल्यको राहत सामाग्री जिससले मनपरी ढङ्गले वितरण गरेर दुरुपयोग गरेकाले छानविन गर्न प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको सांसद खड्काले बताउनुभयो । यस विषयमा जिल्ला समन्वय समितिका सभापती जयबहादुर श्रेष्ठले यो विषय ठुलो भएकाले छोटोमा भनेर नसकिने बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.