Websoft University

भिरगाउँका किसान व्यवसायिक रुपमा नै गाँजर खेतीमा लागे


बिराटनगर साउन १९ गते । रातो तारा डट कम,गाँजरबाट मनग्गे आम्दानी हुन थालेपछि धनकुटा भिरगाउँका किसान व्यवसायिक रुपमा नै गाँजर खेतीमा लागेका छन् । धनकुटाको भिरगाउँका जीवन कार्की गाँजर बेचेरै बार्षिक तीनलाख रुपैयाँ आम्दानी गर्नुहुन्छ । उहाँले चार रोपनी क्षेत्रफलमा गाँजर खेती गरिरहनुभएको छ ।

जीवन जस्तै भिरगाउँको बस्नेत टोल, चोक्रोक र किन्ताङ्गका एकसय भन्दा बढि किसान व्यवसायिक रुपमा गाँजर खेतिमा संलग्न छन् । उत्पादन पनि निकै राम्रो भएको किसान बताउँछन् । उत्पादन राम्रो भएपनि बजार भने त्यति राम्रो नभएको किसानको गूनासो छ ।

व्यापारीकै भाउमा बिक्रि गर्नु पर्ने बाध्यताले आफूहरुलाई समस्या भएको किसान जीवन कार्की र शेरबहादुर बस्नेतले बताउनुभयो । यस क्षेत्रमा बर्षको तीन फसलसम्म गाँजरको उत्पादन लिन सकिन्छ । 

किसानलाइ गाँजर खेतीमा आकर्षण गर्न र बजारको व्यवस्थापनको लागि स्थानीय सरकारले काम गरिरहेको धनकुटा नगरपालिका वडा नं २ का वडाध्यक्ष चन्द्रलाल तामाङ्गको भनाइछ । 

उन्नत बीउ, प्राविधिक, सुनिश्चित बजार र उत्पादन पछिको भण्डारणका लागि पूर्वाधारको व्यवस्था गर्न सके आम्दानी अझै बढाउन सकिने किसान बताउँछन् । रेडियो लालीगुँरास, धनकुटा

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.