Websoft University

नागरिकहरुले अर्थतन्त्रलाई बलियो बनाउन शेयर बजारमा लगानी गर्न आवश्यक


काठमाण्डौ साउन १८ गते । रातो तारा डट कम,शेयर बजारमा लगानी गर्न पाउने नागरिकको अधिकार भएकोले लगानी गर्न विज्ञहरुले सुझाव दिएका छन् । घरमा पुँजी जम्मा गरेर राख्नुभन्दा लगानी गर्दा थोरै सम्पत्तिबाट भए पनि आर्थिक प्रतिफल आर्जन गर्न सकिने अर्थ क्षेत्रका जानकारहरु बताउँछन् । नागरिकको आफ्नो आर्थिक सम्वृद्धि र मुुलुकको अर्थतन्त्रलाई बलियो बनाउन शेयर बजारमा लगानी गर्नु आवश्यक रहेको पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभयो । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा पूर्व अर्थमन्त्री महतले लगानी लगाउँदा नाफा र नोक्सान दुवै हुने भएकाले जबसम्म नागरिकले जोखिम लिन सक्दैनन् तबसम्म उनीहरुले लगानी गर्न नसक्ने बताउनुभयो । उहाँले नागरिकका लागि नै लगानी आवश्यक भएकाले आफूले पाएको अन्य अधिकार जस्तै लगानी गर्न पाउने अधिकारको प्रयोग गर्न सुझाव दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.