Websoft University

काँग्रेसभित्र गुट र असन्तुष्टि बढ्दै


काठमाण्डौ साउन १९ गते । रातो तारा डट कम,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा देखिएको गुटगत राजनीतिका कारण असन्तुष्टि बढ्दै गएको छ । दलका शिर्ष तहका नेतादेखि कार्यकर्ता सम्ममा पार्टी भित्र देखिएको गुटगत राजनीतिका कारण असन्तुष्टि बढ्दै गएको हो । 

२०७२ फागुनमा १३ औं महाधिवेशन गरेको काँग्रेसले यो वर्ष १४ औं महाधिवेशन गर्नुपर्ने छ । तर सभापति शेरबहादुर देउवा एक वर्ष कार्यकाल लम्ब्याउने तयारीमा जुटेपछि असन्तुष्टि झन् बढ्न थालेको कार्यकताहरु बताउँछन् । तर, कांग्रेस नेता मीन विश्वकर्मा आउँदो मंसिरसम्ममा काँग्रेसले नयाँ बाटो समाउने दाबी गर्नु
हुन्छ । पार्टीको विधान अनुसार महाधिवेशन सकिएको २ महिनाभित्र विभाग, समिति र निकायहरु गठन गरिसक्नुपर्ने व्यवस्था छ । 

तर महाधिवेशन भएको ३ वर्ष ४ महिना पूरा हुँदा पनि कांग्रेसका २८ विभाग गठन हुन सकेको छैन । कार्यसम्पादन, निर्वाचन, अनुसाशन र अर्थ समितिमध्ये निर्वाचन र अनुसाशन समिति मात्रै बनेको छ । भातृ संस्थाहरुको अवस्था पनि उस्तै दयनिय छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.