Websoft University

त्रिशुलीमा हिजो खसेकोबाट ४५ यात्रु मध्ये आठ जनाको लास फेला पर्यो–बाकी बेपताको खोजी कार्य हुदै,


कामठमाण्डौ साउन २५ गते । रातो तारा डट कम,त्रिशुलीमा हिजो भएको बस दुर्घटनामा मृत्यु हुनको संख्या आठ पुगेको छ । सर्लाहीको सदरमुकाम मलंगवाबाट काठमाडौं आउँदै गरेको बस हिजो साढे ३ बजे त्रिशुली नदीमा खसेको थियो । ४५ यात्रु लिएर काठमाडौंका लागि छुटेकोे बस धादिङको बेनीघाट रोराङ–३ सलाङघाटको त्रिशूली नदीमा खसेकोे थियो । मृतकमध्ये सर्लाहीका अजय दास र विजय कुर्मीको मात्रै सनाखत भएको छ भने अन्यको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख राजकुमार वैदवारले जानकारी दिनुभयो । अन्य वेपत्ता भएकाहरुको भने गोताखोरको टोलीबाट खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताएका छन । वेपत्ताहरु नभेटिएकाले चितवन, नवलपरासी जिल्लाको नदिकिनारमा पनि खोजिको लागि प्रहरी परिचालन गरिएको उहाँको भनाइ छ । वेपत्तामध्ये केही भारतिय नागरिक पनि रहेको प्रहरीले जनाएको छ । धादिङ धेरै सवारी दुर्घटना हुने जिल्लामा पर्छ । एक वर्षको अवधिमा जिल्लामा १ सय ४४ वटा दुर्घटना भएका छन् । दुर्घटनामा परी ९८ जनाको मृत्यु भएको छ भने अहिले सम्म १ सय ९१ जना गम्भिर घाईते भएका छन् ।   


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.