Websoft University

नेपालले टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खल्ने


काठमाण्डौ साउन २५  गते । रातो तारा डट कम,नेपालले ओमानमा आयोजना हुने पाँच राष्ट्रबीचको टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । ओमान क्रिकेटले आयोजना गर्ने सिरिजमा नेपाल सहित आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता असोज १८ देखि २३ सम्म हुनेछ । नेपालले पहिलो खेल हङकङसँग असोज १९ गते खेल्नेछ भने दोस्रो खेलमा नेदरल्याण्डसँग असोज २० गते ,तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ गते र अन्तिम खेल नेपालले ओमानसँग असोज २३ गते खेल्ने छ । युएईमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अघि ओमानले पाँच राष्ट्रबीचको सिरिज खेलाउन लागेको हो । नेपाल ग्लोबल छनोटमा नपुगे पनि ओमानले आमन्त्रण गरिसकेको कारण नेपालले सहभागिता जनाउन लागेको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.